सापकोटाको ‘समीकरण जिन्दगीकाे’ सार्वजनिक

काठमाडौं । कवि ध्रुवकुमार सापकोटाको कविता संग्रह ‘समीकरण जिन्दगी’ सार्वजनिक भएको छ । जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा प्रकाशित ‘समीकरण जिन्दगी’ वरिष्ठ साहित्यकार तुलसी दिवस र वरिष्ठ गीतकार रत्नशमशेरले संयुक्त रुपमा शुक्रबार बिमोचन गर्नुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात प्रवचन कक्षमा आयोजित विमोचन समारोहमा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका वरिष्ठ कवि तुलसी दिवसले सापकोटाको कविता उनका आफ्नै अभिव्यक्तिका चिनारी रहेको बताउनुभयो । हरेक कवि र कविता अन्य कवि र कविता जस्तो हुने नभई आफ्नै मौलिकतासतिका हुने दिवसको भनाई थियो । कवितामा ताली आवश्यक नरहेको उल्लेख गर्दै दिवसले कवितामा संख्या र मोटाईको कुनै औचितय नरहने प्रष्ट पार्नुभएको थियो ।

जनता प्रसारण तथा प्रकाशन लिमिटेडका नायब महाप्रबन्धक अशेष घिमिरेले कृतिबारे संंक्षिप्त धारणा राख्दै जनता प्रकाशनले स्थापनाकालदेखि नै लेखक तथा सर्जकका सिर्जनालाई पाठक समक्ष पुर्याउने इमानदार प्रयत्न गर्दै आएको बताउनुभयो ।

लोकार्पण समारोहमा साहित्यकारहरु मन्जु काँचुली र प्रमोद प्रधानले समीकरण जिन्दगी कवतिा संग्रहमाथि परिचर्चा गर्नुभयो । कवि प्रधानले कृतिबारे चर्चा गर्दै सापकोटा देश बाहिर रहे पनि उहांको कविताले देश बोलिरहेको उल्लेख गर्नुभयो।

कवि मन्जु काँचुलीले सापकोटाका कवितामा भावना र अनुभूतिको दार्शनिक समीकरण रहेको बताउनुभयो । हाल नेदरल्यान्डमा स्थायी बसोबास गर्नुभएका कवि सापकोटाको कृतिभित्र ४५ कविता संग्रहित छन् ।

सापकोटाका कविता माथि कवि तथा साहित्यकारहरु रोचक घिमिरे, विवश पोखरेल, गोकुल अधिकारी लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो । आफ्ना केही कविता वाचन गर्नुभएका कवि सापकोटाले आफूले देश बाहिर रहँदासमेत देश सम्झेर कविता कोरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सूर्य थापा, प्रधानमन्त्रीको प्रेस सल्लाहकार तथा  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सहप्रवक्ता । नेकपाका केन्द्रीय सदस्य थापा तार्कित युवा नेताको…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

अफरोज अपर्ण काठमाडाैं । बुधबार बिहान ९ बजे सशस्त्र प्रहरी बल (एपिएफ)को केन्द्रीय कार्यालय हलचोक मैदान पुग्दा एपिफसँग आवद्ध नेपाली…

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घले बलात्कार आरोपमा पक्राउ परेका छन् । घरलाई बलात्कार…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाइने भएको छ ।नेकपाको बुधबार बसेको सचिवालय  बैठकले उपाध्यक्ष…