‘आफ्नै घरमा गाउँपालिका कार्यालय राखेर भाडा असुल्ने अध्यक्ष’

कालिकोट । पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले आफ्नै घरमा गाउँपालिकाको कार्यालय राखेर भाडा असुलिरहेको खुलेको छ । जनप्रतिनिधिले यसो गर्नु अवैधानिक मानिन्छ । घरभाडा बापत बमले मासिक पचास हजार रुपैयाँ भाडा बुझ्दै आएको पाइएको हो ।

बमले वडा नं ९ को थिर्पुमा रहेको उनको घरका १२ वटा कोठा गाउँपालिकालाई भाडामा लगाएका छन् । कोठा भाडामा लगाउँदा सामान्य प्रक्रिया समेत नअपनाई घर भाडा बुझिरहेको पाइएको हो ।

सार्वजनिक खरीद नियमावली अनुसार सार्वजनिक तथा सरकारी कार्यालयले कसैको घर भाडामा लिनुपर्ने भए टेण्डर आह्वान व्यवस्था छ । तर गाउँपालिकामा बिना प्रतिस्पर्धा अध्यक्ष बमले आफ्नो घरका १२ कोठा भाडामा लगाएका हुन् । घर भाडामा लगाउन बमले कुनै सूचनासमेत प्रकाशित गराएनन् ।

गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख राजबहादुर बम भने, ‘अध्यक्षकै घरमा कार्यालय भएपनि भाडा कति छ मलाई थाहा छैन ।’

समाचार स्रोतका अनुसार अध्यष बमले गाउँपालिकामा रहेका केही निजी क्लिनिकलाई बन्द गराउन आफैले एनएमबी नामक अस्पताल निर्माण गरेको, अस्पताललगायतका निजी संरचनाहरुमामा कार्यदलका सदस्यलाई काम गराई राज्यकोषबाट भुक्तानी दिन लगाउने गरेको, पलाताका १५० भन्दा बढी युवालाई रोजगारी दिने नाममा आफ्नै अस्पताल निर्माण, शौचालय निर्माण र घरको काममा लगाएको जस्ता जनप्रतिनिधि आचार संहिता विपरित कार्य गरिरहेका छन् ।

बमले गाउँपालिकामा उपभोक्ता समिति गठन गर्दा आफन्तलाई समावेस गराउने गरेको, आफ्ना भाइ तथा स्थानीय निकायमा तत्कालीन जिल्ला विकास समिति कालिकोटमा जागिरे रहेका राजबहादुर बमलाई संविधान तथा निजामति कर्मचारी ऐन विपरित गाउँपालिकाको कार्यकारी प्रमुख बनाएको समेत आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित हुनुमा अखिल र नेविसंघले एकअर्कालाई आरोप लगाएका छन्…

फाइल तस्बिर काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनितको लागि पार्टीले गरेको निर्णयपछि राजनीति…

काठमाडौं । ११ र १२ कक्षामा कानुन अध्ययनरत विद्यार्थीबीच हाजिर जवाफ प्रतियोगिता हुने भएको छ । कानुन पढाइ हुने विभिन्न…

काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको लागि पार्टीले निर्णय गर्न नमिल्ने बताउनुभएको…

काठमाडौं । प्राणघातक ‘कोरोना भाइरस’ संक्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । जापानका प्रधानमन्त्री…

काठमाडौं । अमेरिका पठाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठग्ने पक्राउ परेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ९ घरभइ काठमाडौंको…