जण्डाेलमा महिलाकाे शव फेला

विद्यानन्द राम
राजविराज । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका–१ स्थित जण्डोलमा शनिवार एक महिलाको शव भेटिएको छ ।

चार दिनअघि घाँस काट्न खेत गएकी ३६ वर्षीया बुलु खातुन मृत अवस्थामा भेटिएकी हुन् ।

शवको प्रकृति हेर्दा हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ । खोजि गर्ने क्रममा पूर्व पश्चिम राजमार्गदेखि उत्तरतर्फ महुली खोलाको पश्चिमी कुलोमा शव भेटिएपछि प्रहरीलाई जानकारी गरेको मृतकका पति मो.इनुष मियाँले बताउनुभयो ।

पत्नीको हत्या गरी कुलोमा फालिदिएको पति मियाँले दाबीसमेत गर्नुभयो । शव पूर्णरुपमा गलिसकेकोले पोष्टमार्टमका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी मकेन्द्र मिश्रले जानकारी दिनुभयो ।

घटनामा प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले तालिम प्राप्त कुकुरको सहयोगबाट सुक्ष्म अनुसन्धान थालेको जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

समाजको औद्योगिक चेतना, संस्कार र संस्कृतिजस्ता विषयहरुलाई अग्रगामी बनाउँदै लैजानुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ । यसैका लागि हामीले सानो-सानो…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडाैं । दक्षिण एसियाली खेलकुद (साग) काे पुरूष फुटबलमा नेपालले स्वर्ण पदक प्राप्त गरेकाे छ । नेपालले भुटानलाई २–१ को…

चेकोस्लोभाकिया । पूर्वी शहर ओस्ट्रोभामा अवस्थित अस्पतालमा मङ्गलबार एक बन्दुकधारीले प्रहार गरेको गोलीबाट चार व्यक्तिको मृत्यु भएको छ । यस…

काठमाडौं । ‘यौनहिंसा भनेको के हो ? कसरी हुन्छ ? हिंसामा परेका महिलाले कसरी व्यक्त गर्ने ? कोसँग, कहाँ गएर…

मेष- नयाँ कामको सुरुवात हुनेछ, काममा रुचि बढ्नेछ । वृष- अनावस्यक विवाद पर्नेछ, यात्रामा कठीनाइ हुनेछ । मिथुन- नयाँ कामको…