करेन्ट लागेर दुईको मृत्यु

भगीरथ भण्डारी
इलाम । झापामा करेण्ट लागेर दुईजनाको मृत्यु भएको छ । बुद्ध शान्ति गाउँपालिका–४ स्थित नवज्योति सामुदायिक वन भित्र रहेको पानीको खोल्सामा हात्ती धपाउन थापेको नाङ्गो बिजुलीको तारमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही स्थान बस्ने वर्ष १८ का अभिनास राई र भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ घर भई बुद्ध शान्ति गाउँपालिका–४ स्थित पेरीश राईको घरमा पाहुना आएका वर्ष ३८ का मणिराम राई रहेको प्रहरीको भनाइ छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका सूचना समन्वय अधिकृत प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर कोईरालाका अनुसार इलाका प्रहरी कार्यालय बुधबारेमा जानकारी गराउनासाथ घटनास्थलमा तत्काल उक्त कार्यालयको प्रहरीको टोली खटिएको थियो ।

थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागी इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरीको टोली खटिएको र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सेवाग्राहीको मोही नामसारी गराउनका लागि ६ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।

६/६ महिना थप गरेर ६० वर्ष पुर्याउने निर्णय गर्नुपरेको उपसचिव दाहलको भनाइ छ ।

ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका –४ की ६० वर्षीया कृष्णादेवी परियार र ५९ वर्षीया यगी थापा रहेका छन् ।

फेवातालमा जलबिहार सकिएपछि राष्ट्रपति हमिदको सम्मानमा गण्डकी प्रदेश सरकारले फिस्टेल होटलमा दिवाभोजको आयोजना गरेको थियो ।

चन्द्रा धामीको समयमै अस्पताल पुर्याउन सकिएको भए ज्यान बच्ने स्वास्थ्यकर्मीको भनाइ थियो ।

संशोधन प्रस्तावमा ‘२५ हजारदेखि १० लाखसम्म जरिवाना भराउन सक्ने’ भन्ने शब्दको सट्टा ‘मध्यस्थता गरी मेलमिलाप गराइदिने’ लेख्नुपर्ने उल्लेख छ ।