कांग्रेसका सबै संयन्त्र निष्क्रिय

काठमाडौं । राजधानीबाट आइतबार प्रकाशित विभिन्न पत्रपत्रिकाले विभिन्न फरक फरक विषयका समाचारलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन् ।

शनिबार जनता समाचार डटकम मा शिवराम र सिमलको छहारी, उपाध्यायको ‘प्रगतिवादी समालोचना’ सार्वजनिक, खेत आफ्नो नाममा नगराइदिएको भन्दै आमाको हत्या, प्रधानमन्त्री ओलीका एडिसी जुवाखालबाट समातिए र वनभोजबाट फर्केको ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु लगायतका शीर्षकमा समाचार छापिए ।

नागरिक दैनिकमा नेपाली कांग्रेसका शीर्ष नेताहरुको ध्यान १४ औं महाधिवेशनमा केन्द्रित हुँदा अन्य सबै संयन्त्र भने निष्क्रिय रहेको समाचारले शीर्ष स्थान पाएको छ । समाचार अनुसार पार्टीमा नेताहररूबिच एकले अर्कोलाई कमजोर पार्न खोज्दा महत्वपूर्ण अंगहरु नै कमजोर बन्न पुगेका हुन् । कांग्रेसका नेताहरु आगामी महाधिवेशनबाट पार्टी नेतृत्व लिन नेताहरु आ आफ्नो लबिङमा जुटे पनि संगठन निर्माणमा भे उनीहरु कसैको ध्यान जान नसकेको समाचारमा उल्लेख छ ।

अन्नपूर्ण पोष्ट दैनिकमा प्रधानमन्त्री केपी ओलीले मिर्गौलाले दुख दिएको बताउनुभएको समाचारलाई प्राथमिकता दिइएको छ । समाचारमा उल्लेख भए अनुसार प्रधानमन्त्री केपी ओलीले आफू सिकिस्त नभएको तर मिर्गौलाले राम्ररी काम नगरेको जानकारी गराउनुभएको हो ।

सत्तारुढ नेकपाको शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले ‘नियमित डायलाइसिस या मिर्गौला प्रत्यारोपण के गर्ने भन्नेबारे आफ्ना सामु दुईवटा विकल्प मात्रै रहेको र के गर्ने भन्नेबारे रिपोर्ट हेरिसकेपछि मात्रै भन्न सकिने अवस्था रहेको बताउनुभएको छ । प्रधानमन्त्रीले फेरि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने पनि हुन सक्छ भन्नुभएको समाचारमा उल्लेख छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

भातृ सुख मिल्नेछ । व्यापारमा प्रगति थपिनेछ ।

  बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः००…

देशका विभिन्न भूभागमा पूर्खाहरुले जोडेका त्यस्ता अनुपम ऐतिहासिक धरोहरहरु पछिल्लो पूस्ताले सम्हाल्न सकिरहेको देखिँदैन ।

मनाङ । ङिस्याङ गाउँपालिका हुम्डेबाट देखिएको अन्नपूर्ण तेस्रो हिमालको मनोरम दृश्य । यस स्थानमा हिमाल आरोहण गर्ने पर्यटकका लागि लागि…

पर्याप्त साधन, स्रोत र स्पष्ट म्यान्डेट दिएर सीमा रक्षाका लागि सरकारले लिम्पियाधुरा लगायत जुनसुकै कुनामा पठाए पनि सशस्त्र प्रहरी जान…

जब जब भारतले नेपाली भू–भाग अतिक्रमण गरेको प्रकरण सतहमा आँउछ तब तब नेपालीहरुले राष्ट्रकवि माधवप्रसाद घिमिरेले रचना गरेको यो कालजेयी…