युवा पलायन राेक्न पाल्पामा भलिबल प्रतियोगिता

सुनिल कार्की
पाल्पा । कुनै समय राष्ट्रिय भलिबल टिममा पाल्पाबाट प्रतिनिधित्व गरेका खेलाडी पछिल्लो समय खेलाडी पलायन हुन थालेका छन् । स्थानीय स्तरमै खेलाडी उत्पादन गरी युवा पलायनलाई रोक्न पाल्पामा पहिलो पटक खेलाडी उत्पादन अभियान शुरु गरिएको छ ।

जिल्लाको तानसेन नगरपालिकाद्वारा गठित तानसेन युवा परिषदको आयोेजनमा नगरपालिका स्तरीय भलिबल प्रतियोगिता आयोजन गरिएको तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले बताउनुभयो । युवाहरुमा देखिएको विखण्डन र अराजकताको मानसिकतालाई रोकी खेलमा युवाको आकर्षण बढाउन प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा नगरपालिकाले लिएको मेयर शाहीले दाबी गर्नुभयो ।

गाउँका वडामा प्रतियोगिताहरु आयोजना भए पनि खेलाडीको पहिचान हुन नसकेकोले खेलाडीको प्रवद्र्धन र विकास गर्न प्रतियोगिता फलदायी हुने नगरयुवा परिषदका अध्यक्ष गुरास आत्रेयले बताउनुभयो । नगरपालिकाका १४ वटै वडाका समुहबीच जारी प्रतियोगिताबाट खेलाडीको छनोट गरी नगरपालिका स्तरीय समुह निर्माण गरी अध्यक्ष आत्रेले बताउनुभयो ।

प्रतियोगितामा प्रथम समुहलाई ७० हजार रुपैयाँ र दोस्रो हुने समुहलाई ४० हजार रुपैयाँ पुरस्कार राखिएको छ । कार्यक्रमको उद्घाटन खेल तानसेन ९ मदनपोखरा र तानसेन १० तेल्घाबीच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– पैसाको अभाव रहनेछ । स्वास्थ्यमा समस्या देखिन्छ । वृष– यात्रामा समस्या आउनेछ । अधुरा काम रहनेछन् । मिथुन– राजनीतिमा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । अनुहार गोरो पार्न घस्ने गरिएको ‘फेयर एण्ड लब्ली’मा हानिकारक वस्तु भेटिएको छ । फेयर एण्ड लब्ली’मा हानिकारक रसायन…

सप्तरी । प्रहरीको टोलीले ठूलो परिमाणमा अवैध सुनसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरी ले शहीद चोकबाट १९…

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्नुभएको छ । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले…