अपडेटः सुकुटे बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुग्याे

काठमाडौं । सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या दश पुगेको छ । मुडेबाट काठमाडौं जाँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सडकबाट सय मिटर तल सुनकोशी नदीमा खसेको थियो ।

दशजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दा उद्वारमा जुटिरहेको प्रहरीले जनाएको छ । बस नदीमा खसेकाले केही शव बगाएको हुनसक्ने स्थानीयको भनाइ छ ।

‘सुनकोशीमा डुबेको बस बाहिर निकालिएको छ’, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले भन्नुभयाे, ‘दुर्घटना अत्यन्तै गम्भीर भएकाले मानवीय क्षति बढ्न सक्ने सम्भावना छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा ३ सय १५ व्यवसायीलाई कारबाही गरेको छ । म्याद गुज्रेको सामान बिक्री गर्ने, मूल्य…

काठमाडौं । टोखा नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवा खाजा खुवाउने भएको छ । ‘मेयर दिवा खाजा कार्यक्रम’ अन्तर्गत बाल…

काठमाडौं । तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज हर्षोल्लासका साथ मनाइँदैछ ।  चन्द्रमासमा आधारित मञ्जुश्री…

काठमाडौं । सडक निर्माणको बिल पास गरिदिने नाममा उपभोक्ता समितिसँग घुस खाने जाजरकोटको जुनिचाँदै गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी रंगेहात पक्राउ…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना विज्ञ सल्लाहकार सुशील प्याकुरेलले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ । सल्लाहकार प्याकुरेलले शुक्रबार दिनुभएको…

काठमाडौं । चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बत हुँदै बग्ने नेपालतर्फ बग्ने कुनै पनि नदीको बहावमा अवरोध नगर्ने भएको छ ।…