एशियाली मुलुक तापक्रम वृद्धिको उच्च जोखिममा

काठमाडौं । संयुक्त राष्ट्रसंघले जलवायु परिवर्तनको समस्यासँग जुध्न एशियाले कोइलासँगको आफ्नो निर्भरता त्याग्नुपर्नेप्रति सचेत गराएको छ ।

राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले एशिया क्षेत्र विश्वव्यापी तापमान वृद्धिको सबैभन्दा खतरामा रहेको र त्यसलाई रोक्ने प्रयासमा एशिया लाग्नुपर्ने बताएका हुन् ।

जलवायुसँग सम्बन्धित बाढीको जोखिममा खासगरी एशियाली मुलुकहरू रहेको एउटा अध्ययनले देखाएको उदृत गर्दै गुटेरसले यस्तो बताएका हुन् । धेरै एशियाली देशहरूमा ऊर्जाको मुख्य स्रोत नै कोइला हो । जलवायु परिवर्तनका कारण पर्वतारोहणको जोखिम बढ्दै शनिबार थाइल्यान्डको राजधानी बेङककमा पत्रकारहरूसँग बोल्दै गुटेरसले जलवायु परिवर्तनलाई हाम्रो समयको अति महत्वपूर्ण मुद्दा भनी व्याख्या गरेका थिए ।

गत मंगलबार प्रकाशित एउटा अध्ययनले जलवायु परिवर्तनका कारण हुने समुद्री बाढीले सन् २०५० सम्ममा लाखौँ मानिसको ज्यान खतरामा पार्ने देखाएको थियो जुन यसअघिको अध्ययनले देखाएको भन्दा बढी हो । अध्ययनले त्यस्तो खतरा एशियाभरका विकासशील देशमा धेरै रहेको देखाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विदेशबाट ल्याइने नेपालीलाई केही समय राख्न काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन बनाइने भएको छ । सरकारले भारत…

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका…

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…

मेष– यात्रामा तनाव हुनेछ । प्रेममा प्रगति रहनेछ । वृष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । मिथुन– सम्पत्ति…