उपनिर्वाचनका लागि तयारी तीव्र

चितवन । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय चितवनले तयारी तीव्र पारेको छ ।

भरतपुर महानगरपालिकाको एक वडा र खैरहनी नगरपालिकाको दुई वडामा गरी तीनवटा वडामा उपनिर्वाचन हुनेछ । उपनिर्वाचनका लागि परिचालन गरिने एक सय ३५ कर्मचारीमध्ये ७५ जना कर्मचारी जिल्ला तहबाट र बाँकी स्थानीय तहबाट चितवनका जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । आठ हजार चार सय ८१ मतदाता रहेको भरतपुर–१६ मा तीन मतदान स्थल, दुई हजार ६ सय ९२ मतदाता रहेका खैरहनी–४ मा दुई मतदान स्थल तथा दुई हजार एक सय ११ मतदाता रहेको खैरहनी–५ मा एउटा मतदान स्थल रहेको ढकालले बताउनुभयो ।

उपनिर्वाचनका लागि कात्तिक २० गते भरतपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा खैरहनीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । उपनिर्वाचन हुने तीनवटा वडाका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेद्वार तय गरिसकेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सेवाग्राहीको मोही नामसारी गराउनका लागि ६ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।

६/६ महिना थप गरेर ६० वर्ष पुर्याउने निर्णय गर्नुपरेको उपसचिव दाहलको भनाइ छ ।

ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका –४ की ६० वर्षीया कृष्णादेवी परियार र ५९ वर्षीया यगी थापा रहेका छन् ।

फेवातालमा जलबिहार सकिएपछि राष्ट्रपति हमिदको सम्मानमा गण्डकी प्रदेश सरकारले फिस्टेल होटलमा दिवाभोजको आयोजना गरेको थियो ।

चन्द्रा धामीको समयमै अस्पताल पुर्याउन सकिएको भए ज्यान बच्ने स्वास्थ्यकर्मीको भनाइ थियो ।

संशोधन प्रस्तावमा ‘२५ हजारदेखि १० लाखसम्म जरिवाना भराउन सक्ने’ भन्ने शब्दको सट्टा ‘मध्यस्थता गरी मेलमिलाप गराइदिने’ लेख्नुपर्ने उल्लेख छ ।