‘झ्यालबाट निस्किएँ अरुलाई पनि बचाएँ’

काठमाडौं । सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनाबाट ज्यान बचाउन सफल घाइते लोकबहादुर थापाले आफू झ्यालबाट निस्केर अरुलाई पनि बचाउन सकेको बताएका छन् ।

थापा तिहार मनाउन श्रीमतिसहित घर गएको र आइतबार ११ बजे लामोसाँघुस्थित जिरी सडकको १२ किलोबाट काठमाडाैंका लागि बस चढेका थिए ।  भन्छन्, ‘ बसका सिट सबै भरिएकाले हामी सबै उभिएका थियौं । अरनिको राजमार्गको भैंसेनजिकै खाना खाएर बस हिंडको ५ मिनेटमै बस सुनकोसी नदिमा खसेको थियो । गड्याङ आवाज आएको मात्रै थाह भयो लगत्तै बस नदीमा डुबिसकेछ ।’

‘बस दुई बल्ड्याङ खाादै नदीमा पसेपछि मसहित १० जनाजति झ्यालबाट बाहिर निस्क्यौं, मैले मात्रै थप १० जना लतिलाई बाहिर निकालें’, उनले भने ।

थापाले भने, ‘सबै निकालेपछि श्रीमती कतै देखिनँ, बल्ल उनलाई पनि निकालें । मलाई त धेरै चोट लागेको छैन, श्रीमतिको हात भाँचिएको छ । ’

बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ भने ५० घाइते भएका छन् । मुडेबाट काठमाडौं जाँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सडकबाट सय मिटर तल सुनकोशी नदीमा खेको हो । राजधानी दैनिकमा समाचार छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सेवाग्राहीको मोही नामसारी गराउनका लागि ६ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।

६/६ महिना थप गरेर ६० वर्ष पुर्याउने निर्णय गर्नुपरेको उपसचिव दाहलको भनाइ छ ।

ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका –४ की ६० वर्षीया कृष्णादेवी परियार र ५९ वर्षीया यगी थापा रहेका छन् ।

फेवातालमा जलबिहार सकिएपछि राष्ट्रपति हमिदको सम्मानमा गण्डकी प्रदेश सरकारले फिस्टेल होटलमा दिवाभोजको आयोजना गरेको थियो ।

चन्द्रा धामीको समयमै अस्पताल पुर्याउन सकिएको भए ज्यान बच्ने स्वास्थ्यकर्मीको भनाइ थियो ।

संशोधन प्रस्तावमा ‘२५ हजारदेखि १० लाखसम्म जरिवाना भराउन सक्ने’ भन्ने शब्दको सट्टा ‘मध्यस्थता गरी मेलमिलाप गराइदिने’ लेख्नुपर्ने उल्लेख छ ।