नेपाल र इंग्ल्याण्डबिच मैत्रीपूर्ण क्रिकेट प्रतिष्पर्धा चल्दै

काठमाडौं । नेपाल भ्रमणमा रहेको इंग्ल्याण्डको पुरानो क्रिकेट क्लब मेरिलेबोन (एमसीसी)ले आज नेपाली राष्ट्रिय क्रिकेट टिमसँग मैत्रीपूर्ण प्रतियोगिता खेल्दै छ ।

एमसीसीले आज नेपालको सिनियर टिमसँग खेल्दै छ । नेपाली टिममा कप्तान परिवर्तन भएपछि पहिलो सिरिज रहेकाले सबैको ध्यान कप्तान ज्ञानेन्द्र मल्लको प्रदर्शनमा केन्द्रित छ ।

एमसीसीविरुद्धको खेलका लागि कप्तान ज्ञानेन्द्र मल्लले आफू निकै उत्साहित भएको बताएका छन् । कीर्तिपुरमा नियमति अभ्यासपछि सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान मल्लले सबै एउटै टिम रहेको र ठाँउ पनि एउटै रहेकाले यो प्रतियोगिताका लागि निकै उत्साहित भएको बताएका हुन् ।

शनिबार नेपाल आएको एमसीसीले हिजो त्रिवि क्रिकेट मैदानमा नेपालको यू १९ क्रिकेट टिमसँग एक दिवसीय प्रतियोगिता खेलेको थियो । जसमा नेपाल यू १९ टिम ३८ रनले पराजित भएको थियो । नेपालले नोभेम्बर १२ देखि बंगलादेशमा शुरु हुन लागेको एसीसी इमर्जिङ कप खेल्ने भएकाले यो खेल त्यसको अभ्यासको रुपमा लिइने बताइएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सोचेको कुरा पुग्नेछ । व्यापारमा लाभ हुनेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

नेपाललाई बुद्ध र सगरमाथाको देशसँगै कम्युनिष्टको देशको रुपमा विकाश गर्ने योजना पार्टीले अघि सारेको छ ।

डिजेल बोकेको ट्याङ्कर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

प्रभावकारी तथा सहज परीक्षणको व्यवस्थाको माग भइरहेका बेला सरकारले नाकामै विषादी परीक्षणको व्यवस्था गर्न लागेकोे हो ।

रोजगारीमा फाइदा हुन सक्नेछ, धन सम्पत्तिको चिन्ता हुनेछ ।