सातै प्रदेश प्रमुख नियुक्त, एकपक्षीय भन्दै माधव नेपालको असहमति

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश प्रमुखहरूकाे नाम सिफारिस गरेको छ ।

नेकपाको सोमबार बसेको सचिवालय बैठकले सातै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो ।

प्रदेश प्रमुखका लागि अमिक शेरचन, तिलक परियार, धर्मनाथ यादव, सोमनाथ अधिकारी प्यासी, शर्मिला त्रिपाठी, विष्णु प्रसाईं र गोविन्द कलौनीकाे नाम सिफारिस गरिएकाे छ ।

नेकपाले सिफारिस गरेकाे प्रदेश प्रमुखकाे नाममा असहमती जनाउँदै वरिष्ठ नेता माधवकुमार नेपालले लिखित असहमती जनाउनुभएकाे नेकपाकाे उच्च स्राेतले बताएकाे छ । कुन प्रदेशमा कसलाई नियुक्त गर्ने ? भन्ने विषयको टुंगो भने सरकारको सिफारिसमा राष्ट्रपतिले गर्नुहुने बताइएकाे छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यालदेवी भण्डारीले आइतबार सबै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्नुभएको थियो ।

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सेवाग्राहीको मोही नामसारी गराउनका लागि ६ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।

६/६ महिना थप गरेर ६० वर्ष पुर्याउने निर्णय गर्नुपरेको उपसचिव दाहलको भनाइ छ ।

ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका –४ की ६० वर्षीया कृष्णादेवी परियार र ५९ वर्षीया यगी थापा रहेका छन् ।

फेवातालमा जलबिहार सकिएपछि राष्ट्रपति हमिदको सम्मानमा गण्डकी प्रदेश सरकारले फिस्टेल होटलमा दिवाभोजको आयोजना गरेको थियो ।

चन्द्रा धामीको समयमै अस्पताल पुर्याउन सकिएको भए ज्यान बच्ने स्वास्थ्यकर्मीको भनाइ थियो ।

संशोधन प्रस्तावमा ‘२५ हजारदेखि १० लाखसम्म जरिवाना भराउन सक्ने’ भन्ने शब्दको सट्टा ‘मध्यस्थता गरी मेलमिलाप गराइदिने’ लेख्नुपर्ने उल्लेख छ ।