आलमविरूद्ध ज्यान मार्नेसहित तीन कसुरमा मुद्दा दर्ता

प्रिमेश शिवाकाेटी

राैतहट । नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद अफ्ताब आलमविरुद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता भएको छ ।

उनी विरुद्ध ज्यान मार्ने उद्याेग, कर्तव्य ज्यान र बिस्फाेटक पदार्थ सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको सरकारी वकिल खडिन्द्रराज कटुवालले जानकारी दिनुभयो । प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिलको कार्यालयले आलमसहित अन्य १० जनाविरुद्ध पनि मुद्दा दर्ता गरेको छ । मोबिन आलम, शेख भई, शेख सेराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्री सहनी र मुक्ति साहविरुद्ध मुद्दा दर्ता भएको हो।

बम विष्फोटमा घाइते भएकाहरुलाई जलाइएको इँटाभट्टाका मालिक मुक्ति साहलाई मतियारको रुपमा मुद्दा दर्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खासगरी मदन जयन्तीका दिन प्रधानमन्त्री ओलीले दिनुभएको अभिव्यक्तिलाई लिएर नेकपा शीर्ष नेतृत्वमा अविश्वास बढेको छ ।

घाइतेमध्ये एक जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको नायव प्रहरी उपरीक्षक गौतम मिश्राले जानकारी दिनुभएको छ ।

भोलि शुक्रबारबाट वर्षा अझ बढ्ने महाशाखाकाे अनुमान रहेकाे जनाइएकाे छ ।

देशका ७७ वटै जिल्लामा कोरोना संक्रमित भेटिएकोमा यी तीन जिल्लामा कोरोना संक्रमण मुक्त भएकाे छ ।

राजधानीमा पसेको सलह कागले खाइरहेको दृश्यले उपत्यकाबासी काग तिहारको स्मरण गरिरहेका थिए ।

मेष– काम अधुरो हुनेछ । झन्झट व्यहोर्नु पर्नेछ । चिसोले स्वास्थ्य वाधा आउनेछ । वृष– यात्राको सुख मिल्नेछ । पारीवारिक…