पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा सिक्किम

झापा । भारतको पाहुना टोली सिक्किम आक्रमण एफसी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनल खेलमा प्रवेश गरेको छ ।

बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वाटरफाइन खेलमा मोरङ जिल्ला लिग च्याम्पियन बेलबारी एफसीलाई ३–२ गोलअन्तरले पराजित गर्दै सिक्किमले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफमा १–० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै सिक्किमले दोस्रो हाफमा लगातार तीन गोल गर्यो भने बेलबारीले एक गोलमात्र थप्यो ।

युवा खेलाडीले भरिएको बेलबारी एफसीको छरितो खेलमा सुरुवातको एक मिनेटमै गोल गरेर अग्रता लिएको थियो । उसका लागि किरण लिम्बूले गोल गरेका थिए । पहिलो हाफमा लय नसमाएको सिक्किमले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दा केही फरक समयमा तीन गोल गर्न सफल रह्यो । सिक्किमका लागि दोस्रो हाफको १९औँ मिनेटमा रोहन राईले गोल गरेर खेललाई बराबरीमा ल्याए । त्यसको तीन मिनेट नबित्दै उनैले थप गोल गरेर अग्रता दोब्बर बनाए । उनले हेडरमार्फत गोल गरेका थिए ।

२–१ नतिजालाई बराबरीमा पुर्याउन बेलबारी एफसीका भुषण लिम्बू सफल भए । उनले २६औँ मिनेटमा वान टच बललाई सिधै गोलपोष्टको दिशा दिएका थिए । पहिलो बार च्यापेका भुषणको प्रहारलाई सिक्किमका गोलरक्षक मनोज प्रधानले बचाउन सकेनन् ।

सिक्किमलाई सेमिफाइनल पुर्याउनका लागि करण राईको योगदान महत्वपूर्ण रह्यो । उनले दोस्रो हाफको ३५औँ मिनेटमा गोल गर्दै टिमलाई जीत दिलाए । जीत नजिक पुगेको मोरङ पहिलो खेलबाटै बाहिरिएको छ ।

खेलको म्यान अफ दी म्याच सिक्किमका दुई गोलकर्ता रोहन राई घोषित भए । उनलाई झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले पुरस्कारस्वरुप नगद १० हजार प्रदान गरे ।

जायोन स्पोर्टस् क्लब झापाले आयोजना गरेको गोल्डकपमा नेपाल र भारतका १० टिम सहभागी छन् । मंगलबार नेपाल पुलिस क्लबले अर्को विभागीय टोली एपीएफसँग भिड्नेछ ।

गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजार र ट्रफी पाउनेछ । विधागत पुरस्कार विजेता खेलाडीले जनही १५ हजार पाउँदा उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सूर्य थापा, प्रधानमन्त्रीको प्रेस सल्लाहकार तथा  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सहप्रवक्ता । नेकपाका केन्द्रीय सदस्य थापा तार्कित युवा नेताको…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

अफरोज अपर्ण काठमाडाैं । बुधबार बिहान ९ बजे सशस्त्र प्रहरी बल (एपिएफ)को केन्द्रीय कार्यालय हलचोक मैदान पुग्दा एपिफसँग आवद्ध नेपाली…

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घले बलात्कार आरोपमा पक्राउ परेका छन् । घरलाई बलात्कार…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाइने भएको छ ।नेकपाको बुधबार बसेको सचिवालय  बैठकले उपाध्यक्ष…