प्रदेश २ प्रमुखमा यादवकाे सिफारिस ‘सही समयमा मूल्याङ्कन’

रामभरोसि यादब
सिरहा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले प्रदेश २ को प्रमुखमा सिरहाका धर्मनाथ यादवको नाम सिफसिर गरेको छ । पार्टीका केन्द्रीय सदस्य समेत रहेका यादव यसक्षेत्रका इमान्दार नेताको रुपमा चिनिनुहुन्छ । नेकपा एमाले गठन पश्चात एमालेमा सकृय रहँदै आउनुभएका यादव सत्तारुढ नेकपाका केन्द्रीय सदस्य हुनुहुन्छ ।

विसं. २००० सालमा सिरहाको सुखिपुर नगरपालिका–६ खरही टोलमा जन्मनुभएका यादवले सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण गर्नुभएको थियो । उहाँले प्रविणता प्रमाणपत्र तहसम्मका अध्ययन गर्नुभएको छ । तीन वर्षअघि श्रीमती गुमाउनुभएका यादवका एक छोरा र एक छोरी रहेका छन् ।

विद्यार्थी आन्दोलनबाट राजनीतिमा सकृय यादवले २०१६ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएको बताउनुभयो । ‘पार्टीको सदस्यता लिएदेखि निरन्तर रुपमा कम्युनिष्ट पार्टीमै सकृय छु’, यादवले भन्नुभयो, ‘प्रदेश प्रमुख मेरो सिफासिरले जनतामा राजनीति प्रतिको आस्था पुनः जागेको छ ।’ उहाँको सिफासिरलाई विपक्षी पार्टीले समेत सही निर्णय गरेको भन्दै उहाँको स्वागत गरेका छन् ।

निरन्तर राजनीतिमा सकृय रहनुभएका यादव २०३७ सालमा ३ महिना जेल पनुएभएको थियो । सरकारी कामकाजमा आँच पुर्याउने गतिविधि गरेको आरोपमा उहाँलाई जेल हालेको यादवको भनाइ छ । त्यसपछि उहाँ शिक्षण पेशासँगै राजनीतिमा सकृय रहनुभएको थियो ।

२०४६ को राजनीतिक परिवर्तन पश्चात २०४८ को आमनिर्वाचनमा पार्टीकै निर्देशनमा शिक्षण पेशाबाट राजीनामा दिई चुनावमा उम्मेद्वारी दिनुभएको थियो ।

राजनीतिमा लागेर सम्पत्ति र शिक्षण पेशा गुमाएपनि यादब राजनीतिप्रति इमान्दार रहेको समकक्षीहरु बताउँछन् । ‘पार्टी राजनीतिकै कारण उहाँँले छोरा–छोरीलाई राम्रो शिक्षा दिन पाउनुभएन’ उहाँका समकक्षी रामजी यादव भन्नुहुन्छ, ‘जागिर छोड्नुभयो, भएको सम्पत्ति सकेर पनि पार्टीप्रतिको आस्था र निरन्तरता बेजोडको छ ।’

‘मैले राजनीतिमा लागेर नाम कमाएँ तर आफ्नै जग्गा जमिन र भएको जागिर छोडे’ प्रदेश प्रमुखमा नाम सिफारिस भएकोमा खुशी हुँदै यादवल भन्नुभयो, ‘आज पार्टीले सही समयमा मूल्यङ्कन गरेको महशुस गरेकोे छु ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

भातृ सुख मिल्नेछ । व्यापारमा प्रगति थपिनेछ ।

  बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः००…

देशका विभिन्न भूभागमा पूर्खाहरुले जोडेका त्यस्ता अनुपम ऐतिहासिक धरोहरहरु पछिल्लो पूस्ताले सम्हाल्न सकिरहेको देखिँदैन ।

मनाङ । ङिस्याङ गाउँपालिका हुम्डेबाट देखिएको अन्नपूर्ण तेस्रो हिमालको मनोरम दृश्य । यस स्थानमा हिमाल आरोहण गर्ने पर्यटकका लागि लागि…

पर्याप्त साधन, स्रोत र स्पष्ट म्यान्डेट दिएर सीमा रक्षाका लागि सरकारले लिम्पियाधुरा लगायत जुनसुकै कुनामा पठाए पनि सशस्त्र प्रहरी जान…

जब जब भारतले नेपाली भू–भाग अतिक्रमण गरेको प्रकरण सतहमा आँउछ तब तब नेपालीहरुले राष्ट्रकवि माधवप्रसाद घिमिरेले रचना गरेको यो कालजेयी…