मौसम विभागले निकाल्यो तीन दिनको सूचना

काठमाडौं । मंगलबार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रतराईका केही भू–भागमा कुहिरो लाग्ने सम्भावना छ ।

मंगलबार

दिउँसो देशको मध्य र पूर्वी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। देशका पूर्वी र मध्य पहाडी भूभागको १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ।

बुधबार

देशको पश्चिम भू–भागलगायत मध्य र पूर्वी पहाडी भुभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। देशका पश्चिमी भूभागको १–२ स्थानहरुमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको छ ।

राति देशको पश्चिम भूभागलगायत मध्य र पूर्वी पहाडी भुभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भ–भागमा आंशिक बदली रहने छ। देशका पश्चिमी भूभागको १–२ स्थानहरुमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको छ ।

बिहिबार

देशको पश्चिम भू–भागलगायत मध्य र पूर्वी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। देशका पश्चिमी भूभागको १–२ स्थानहरुमा र साथै पूर्वी र मध्य पहाडि भू–भागमा १–२ स्थानहरुमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको छ ।राति देशको पश्चिम भु(भाग लगायत मध्य र पूर्वी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलि रहने छ।

मंगलबार बिहान सुर्योदय ६ बजेर १७ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १८ मिनेटमा हुनेछ । काठमाडौंमा आज बिहानको तापक्रम १४ डिग्री सेल्सियस रह्यो भने दिउँसोको न्यूनतम तापक्रम २४ देखि अधिकतम् तापक्रम २७ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अहिले बैंकिङ प्रणालीमा यसै पनि निक्षेप बढी र कर्जाको माग कम हुँदा अधिक तरलता देखिएको छ ।

काठमाडौं । नेपाल प्रेस यूनियनले पत्रकार बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ । यूनियनले बुधबार शोक विज्ञप्ति…

तनहुँ ।  समुदायकामा कोरोना पुष्टि भएपछि देवघाट गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले…

फाइल तस्बिर मुगु । छायाँनाथ रारा नगरपालिकामा जिप खस्दा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका…

काठमाडौं ।  लकडाउनसँगै जिल्ला प्रशासनले उपलब्ध गराउँदै आएको सवारी पास आज (बिहीबार)देखि बन्द भएको छ । मुलुकमा पछिल्लो समय कोरोना…

मेष– भोजनको सुख मिल्नेछ । उच्चव्यक्ति भेटघाट हुनेछ । धनको सुख मिल्नेछ । वृष– पदको प्रशंसा हुनेछ । रमाइलोमा खर्च…