नदीको दहमा डुबेर बेपत्ता

उदयपुर । सोमबार साँझ एक व्यक्ति त्रियुगा नदीको दहमा डुबेर बेपत्ता भएका छन् ।  खोटाङको सावाकटहरे ६ घर भई हाल चौनपा ९ अजगरा ससुराली घर बस्दै आएका ४० वर्षीय सुबास विक त्रियुगा नदीको दहमा डुबेर बेपत्ता भएका हुन् ।

बेल्टार बजारबाट घरतर्फ फर्कदै गर्दा बेलुका ७ बजे डुबेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल्टारका इञ्चार्ज वुद्धि चौलागाइँले जानकारी दिनुभयो ।

उहाँका अनुसार दह अन्दाजी २० फिट गहिरो रहेकोले सोमबार राति १ बजेसम्म सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले खोजि गरेपनि फेला परेको थिएन ।

सोमबार रातिसम्म फेला नपरेपछि मंगलबार बिहानैबाट पुनः सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गण गाईघाटबाट ११ जनाको दैवी प्रकोप उद्धार तालिम प्राप्त टोली खोजि कार्य जारी राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– पैसाको अभाव रहनेछ । स्वास्थ्यमा समस्या देखिन्छ । वृष– यात्रामा समस्या आउनेछ । अधुरा काम रहनेछन् । मिथुन– राजनीतिमा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । अनुहार गोरो पार्न घस्ने गरिएको ‘फेयर एण्ड लब्ली’मा हानिकारक वस्तु भेटिएको छ । फेयर एण्ड लब्ली’मा हानिकारक रसायन…

सप्तरी । प्रहरीको टोलीले ठूलो परिमाणमा अवैध सुनसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरी ले शहीद चोकबाट १९…

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्नुभएको छ । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले…