ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

फाइल तस्बिर

पुष्पराज अधिकारी
मकवानपुर । पूर्व–पश्चिम राजमार्गमा  भएकाे दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

हेटौंडा बजारबाट बारातर्फ जाँदै गरेको ना ३८ प ६४० नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ७३१७ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो भने मोटरसाइकलको पछाडि बस्ने गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा हेटौंडा–१५ रातोमाटेका ३५ वर्षीय औतार स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताउनुभयो । दुर्घटनामा परी गम्भीर घाइते हुनेमा मोटरसाइकलमा सवार जितपुर सिमरा उपमहानगरपालिका–२२ तीन नम्बर पुल बस्ने ३२ वर्षीय मनिष लामा रहेको प्रहरीले जनाएको छ ।

घाइते लामाको चुरेहिल अस्पतालमा उपचार भइरहेको तथा ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका सांसद डा. बाबुराम भट्टराईले राज्यको वरियदाक्रममा सभामुखलाई प्रधानमन्त्री भन्दा माथि राख्न प्रस्ताव गर्नुभएको…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– यात्रामा सास्ती हुनेछ । अनावश्यक खर्चले पिरोल्नेछ । वृष– आँटेको काममा प्रगति हुनेछ । धनसम्पतिको सहयोग मिल्नेछ । मिथुन–…

धनुषा । पटकपटक दुख्छ तराई । कहिले प्राकृतिक प्रकोपले आहत हुन्छ । कहिले भोकले पनि बसिसुख न उठिसुख बनाउँछ ।…

चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरका कर्मचारी घुससहित पक्राउ परेका छन् । राजश्व कार्यालयका कम्प्युटर अधिकृत रामकुमार अधिकारी घुससहित पक्राउ…

धनुषा । साउदी अरेबियामा मृत्युदण्ड तोकिएका उमेश यादवलाई फाँसीबाट जोगाएका सामाजिक अभियन्ता सरोज रायलाई नागरिक अभिनन्दन गरिने भएको छ ।…