जनकपुरमा ४३ शिक्षक पक्राउ

जनकपुर । प्रदेश २ मा ४३ जना शिक्षक पक्राउ परेका छन् ।

प्रदेश सरकारले शिक्षकको मागप्रति बेवास्ता गरेको भन्दै मन्त्रिपरिषद्को कार्यालय तालाबन्दी गर्न पुगेका ४३ शिक्षक पक्राउ परेका हुन् । मुख्यमन्त्री कार्यालय अगाडि पुगेर कर्मचारीलाई भित्र छिर्नै नदिई तालाबन्दी गर्न खोजेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक धर्मेन्द्र यादव, सहसंयोजनक बिनोद साह, शिक्षकहरु रामउदगार यादव, ब्रम्हदेव राम, शैलेन्द्र कुमार सिंह, रामकुमार ठाकुर, किशोरी मण्डल, शिवशंकर यादव लगायत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । उपरीक्षक कार्कीका अनुसार पक्राउ पर्नेमा ३० जना पुरुष शिक्षक र १३ जना महिला शिक्षक रहेका छन् ।

अस्थायी शिक्षकलाई निरन्तर काममा फर्काउन माग गर्दै उनीहरुले सोमबार मुख्यमन्त्री कार्यालय अगाडि आधा घण्टा चक्काजामसमेत गरेका थिए ।

गत असार २० देखि एक महिना पनि अस्थायी शिक्षकले आफूहरुलाई निरन्तर काममा फर्काउनु पर्ने माग राखि धर्ना बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा ३ सय १५ व्यवसायीलाई कारबाही गरेको छ । म्याद गुज्रेको सामान बिक्री गर्ने, मूल्य…

काठमाडौं । टोखा नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवा खाजा खुवाउने भएको छ । ‘मेयर दिवा खाजा कार्यक्रम’ अन्तर्गत बाल…

काठमाडौं । तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज हर्षोल्लासका साथ मनाइँदैछ ।  चन्द्रमासमा आधारित मञ्जुश्री…

काठमाडौं । सडक निर्माणको बिल पास गरिदिने नाममा उपभोक्ता समितिसँग घुस खाने जाजरकोटको जुनिचाँदै गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी रंगेहात पक्राउ…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना विज्ञ सल्लाहकार सुशील प्याकुरेलले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ । सल्लाहकार प्याकुरेलले शुक्रबार दिनुभएको…

काठमाडौं । चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बत हुँदै बग्ने नेपालतर्फ बग्ने कुनै पनि नदीको बहावमा अवरोध नगर्ने भएको छ ।…