सिक्टा आयोजना सफल बनाउँछौंः ऊर्जामन्त्री पुन

बाँके । ऊर्जामन्त्री वर्षमान पुनले सिक्टा आयोजनालाई सफल पारेरै छोड्ने प्रतिवद्धता जनाउनुभएको छ ।

बाँकेको अगैयास्थित सिक्टा सिँचाई आयोजनाको बाँध तथा नहरको निरीक्षण गरेपछि मंगलबार आयोजित बिफ्रिङ कार्यक्रममा आयोजना सफल बनाउने बताउनुभएको हो ।

मन्त्री पुनले सिक्टा सिँचाइ आयोजनाको समस्या नीतिगत सुधार गरेर हल गर्ने बताउनुभयो । उहाँले मंगलबार नै सिक्टा सिँचाई आयोजनाको बाँध तथा नहरको अवलोकन गर्नुभएको थियो । मन्त्री पुनले राष्ट्रिय गौरवको आयोजना समयमा सम्पन्न गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । मन्त्री पुनले सिक्टा सिँचाइलाई समयमानै सम्पन्न गर्नका लागि प्रत्येक महिना डिजिलाई एक पटक फिल्डमानै पुगेर जानकारी लिन निर्देशन दिनुभएको छ ।

आयोजना सम्पन्न गर्नका लागि नीति नियममा रहेर काम अगाडि बढाउन मन्त्री पुनले निर्देशन दिनुभयो । ‘आवश्यक परे क्याविनेटमा लगेर भएपनि काम अगाडि बढाइनेछ’, मन्त्री पुनले भन्नुभयो, ‘गुणस्तरीय काममा सामान्य त्रुटी भएको छ, त्यो समाधान हुनेछ ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

जब जब भारतले नेपाली भू–भाग अतिक्रमण गरेको प्रकरण सतहमा आँउछ तब तब नेपालीहरुले राष्ट्रकवि माधवप्रसाद घिमिरेले रचना गरेको यो कालजेयी…

सोचेको कुरा पुग्नेछ । व्यापारमा लाभ हुनेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

नेपाललाई बुद्ध र सगरमाथाको देशसँगै कम्युनिष्टको देशको रुपमा विकाश गर्ने योजना पार्टीले अघि सारेको छ ।

डिजेल बोकेको ट्याङ्कर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

प्रभावकारी तथा सहज परीक्षणको व्यवस्थाको माग भइरहेका बेला सरकारले नाकामै विषादी परीक्षणको व्यवस्था गर्न लागेकोे हो ।