सनराईज बैंकको ३ अर्बकाे ऋणपत्र जारी

काठमााडाैं । सनराईज बैंकले व्यापार विस्तारका लागि थप ३ अर्बको ऋणपत्र जारी गर्ने भएको छ ।

बैंकले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मुलुककै पूँजी बजारको विस्तारका लागि बुधबारबाट ३ अर्ब बराबरको ऋणपत्र निश्कासन गर्ने जानकारी गराएको हो ।

वार्षिक १० दशमलव २५ प्रतिशत व्याजदरमा ऋणपत्र जारी हुँदैछ । निरन्तर उच्च प्रतिफल लिईरहने ग्राहकका लागि ऋणपत्र अति उपयोगी हुने बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले बताउनुभयो ।

बैंकको ऋण पत्र ७ वर्ष अवधिको हुनेछ । त्यसको ब्याजको भुक्तानी ६/६ महिनामा गर्ने योजना पनि तय गरिएको बैंकले जनाएको छ । बैंकका ऋणपत्र चाँडोमा कार्तिक २४ गते र त्यस भित्र बिक्री नभएमा मंसिर १९ गतेसम्म बिक्री खुला हुने समय पनि निर्धारण गरिएको छ ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक भने सिद्धार्थ क्यापिटल रहेको छ । ऋणपत्रका लागि बैंकको सबै कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।

देशले चारवटा संकट एकैपटक व्यहोर्नु परेकाले चुनौति बढी नै रहेको गृहमन्त्री थापाको भनाइ छ ।

काठमाडौं । भारतीय विभिन्न न्युज टेलिभिजनको नेपालमा प्रसारण रोकिएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर(एमएसओं)ले भारतीय न्यूज च्यानलको प्रसारण…

पछिल्लो २४ घण्टामा थप ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सवारी साधनले क्षमताकाे पचास प्रतिशत मात्र यात्रु राख्न पाइने निर्णय पनि बैठकले गरेकाे छ ।

घटनामा संलग्न अन्य दुई जनाको खोजी कार्य भइरहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।