Logo फाल्गुन १४, २०७७ शुक्रबार


लागूऔषधसहित पक्राउ

भक्तपुर । प्रहरीले भक्तपुर नगरपालिका–४ तौमडीबाट लागूऔषध ९ थान एम्पुलसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका –९ बस्ने २० वर्षीय सौराज मल्ल, २० वर्षीय सविन भासी र भक्तपुर नगरपालिका–४ भेलुखेल बस्ने ४८ वर्षीय राजन भेले रहेका छन् ।

सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा लागू औषध फेला परेको प्रहरी नायब उपरीक्षक रेवती रमण पोख्रेलले जानकारी दिनुभयो ।  उनीहरुको साथबाट मोबाइल सेट र ९ हजार रुपैयाँसमेत बरामद गरिएको छ ।  नियन्त्रणमा लिएका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको विवादमा परेको मुद्दामा सर्वोच्च अदालतले अर्को साता फैसला गर्ने भएको छ । न्यायाधीशद्वय…

म्याग्दी । बेनी नगरपालिका–४ फापरखेतमा बिहिबार राती भएको जिप दुर्घटनामा १ जनाको भएको छ भने ४ जना घाइते भएका छन्…

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

व्यक्तिगत काममा अलमल हुनेछ । साथीभाइसित रमाइलो यात्रा हुनेछ । पारिवारिक काम बन्नेछ ।

पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणमा समान रुपले सम्बोधन नभएको बताउनुभएको छ ।

पर्यटकीय सम्पदा वस्ती वुङमतीलाई साइकल रुट बनाउने, वुङमतीको काष्ठकला र हस्तकलालाई विश्वव्यापीरुपमा चिनाउन र सम्पदा बस्ती संरक्षणमा स्थानीय सरकारसँगै परियोजना…