तरकारी लिएर जाँदै गरेका महतोलाई टिपरले हान्यो

सर्लाही । सर्लाहीको लालबन्दीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१७ कालिन्जोरपुल नजिकै पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको टिपरको ठक्करबाट ईश्वरपुर नगरपालिका–१४ बस्ने २६ वर्षीय दिपेन महतोको मृत्यु भएको प्रहरीले जनाएको हो ।

पूर्व तर्फजाँदै गरेको ना ८ ख ६२७० नम्बरको टिपरले महतोले चलाएको ना ४६ प २५८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

तरकारी बोकेर बिक्रीको लागि लालबन्दी बजार आउँदै गरेका महताको टिपरको ठक्करबाट घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । मृतक महतोको शव परिक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । प्रहरीले ठक्कर दिने
टिपर, चालक र मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । ११ र १२ कक्षामा कानुन अध्ययनरत विद्यार्थीबीच हाजिर जवाफ प्रतियोगिता हुने भएको छ । कानुन पढाइ हुने विभिन्न…

फाइल तस्बिर काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनितको लागि पार्टीले गरेको निर्णयपछि राजनीति…

काठमाडौं । फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित हुनुमा अखिल र नेविसंघले एकअर्कालाई आरोप लगाएका छन्…

काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको लागि पार्टीले निर्णय गर्न नमिल्ने बताउनुभएको…

काठमाडौं । प्राणघातक ‘कोरोना भाइरस’ संक्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । जापानका प्रधानमन्त्री…

काठमाडौं । अमेरिका पठाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठग्ने पक्राउ परेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ९ घरभइ काठमाडौंको…