भारतद्वारा सार्वजनिक नक्साविरुद्ध ठाकुर गैरेको आक्रोश

काठमाडौं । भारतले पछिल्लो पटक सार्वजनिक गरेको नयाँ नक्सामा नेपालका कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको र अमेरिकाले नेपालमा आतंककारीको अखडा रहेको विज्ञप्ति जारी गरेको प्रति सत्तारुढ दल नेकपाका युवा नेता ठाकुर गैरेले कडा आपत्ति जनाउनुभएको छ । नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका नेता गैरेले उपर्युक्त दुवै विषयमा आधिकारिक धारणा सार्वजनिक गर्नसमेत सरकारसँग माग गर्नुभएको छ ।

विद्यार्थी राजनीतिमा जोडिएदेखि नै राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको अभियान चलाउँदै आउनुभएका गैरेले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपालकाे हो, अतिक्रमण मञ्जुर छैन । भारतले उक्त भूभाग आफ्नो बनाएर नक्सा बनाएको समाचार आइरहेका छन् । वास्तविकता के हो ? यस सम्बन्धमा नेपाल सरकारले जनतालाइ स्पष्ट पार्नुपर्दछ, साथै कूटनीतिक माध्यमबाट आफ्नो भूगोल रक्षा गर्न तत्काल पहल गर्नुपर्दछ ।’

अमेरिकाले नेपालमा आतंककारी गतिविधि बढाइरहेको भनेर आइरहेका समाचारहरुप्रति समेत गैरेले असन्तुष्टि पोख्नुभएको छ ।

यसबारे गैरेले अगाडि भन्नुभएको छ, ‘यतिबेला अमेरिकाले नेपाल आतंककारीको अखडा बन्दै गरेको भनेर वक्तव्य जारी गर्नुको उद्देश्य के हो ? कुटनीतिक तहमा र उच्च नेतृत्व तहमा उक्त विषय प्रवेश भएको छ वा छैन ? अमेरिकी प्रतिवेदनलाई गम्भीरतापूर्वक लिई सरकारले वास्तविकता पहिचान गरी देश र जनताको सुरक्षा गर्न आवश्यक रणनीति बनाउन जरुरी छ । यथार्थ के हो ? भन्नेबारे नेपाली जनतालाई सरकारले स्पष्ट पार्नुपर्छ । नेपालमा फेरि अस्थिरता अराजकता पैदा गर्ने, हाम्रो सम्प्रभूतामाथि हस्तक्षेप गर्ने साथै समग्र शान्ति र समृद्धिको यात्रामा वाधा सिर्जना गर्ने कोशिस् त हुँदै छैन ?  गम्भीर सतर्कता अपनाउनु जरूरी छ ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।

बिहान १० बजे शुरु भएको विद्यार्थी आन्दोलन नियन्त्रणमा नआएपछि अपरान्ह ३ बजेदेखि कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जिल्ला…

मीन- आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

भारत । राजधानी नयाँदिल्लीमा भएको भीषण आगलागीमा परी ४३ जनाको मृत्यु भएको छ । एउटा कारखानामा भएको आगलागीमा कयौं घाइते…