निजी संस्थालाई चेम्बरको टक्कर, देशभर सञ्जाल विस्तार (भिडियोसहित)

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्र दलगतजस्तो देखिएपनि आर्थिक उन्नतीका मुद्दामा एक भएर अगाडि बढेको दाबी गर्नुभएको छ ।

जनता टेलिभिजनको कर्पाेरेट टक कार्यक्रममा बोल्नुहुँदै मल्लले पुस महिनाभित्रै चेम्बरले ७७ जिल्लामा संजाल विस्तार गरिसक्ने बताउनुभयो । ‘चेम्बरले ६८ जिल्लामा आफ्नो संजाल विस्तार गरिसकेको छ’, मल्लले भन्नुभयो, ‘पुसभित्र हामी ७७ जिल्लामै संजाल विस्तार गर्नेछौं ।’ वरिष्ठ उपाध्यक्ष मल्लले व्यवसायीलाई अनावश्यक रुपमा हत्कडी लगाएर निराश पार्ने राज्यको गलत क्रियाकलाप रोकिनुपर्ने बताउनुभएको छ ।

मल्लले आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादनलाई प्रश्रय दिनुपर्ने, कृषिका अर्ग्यानिक उत्पादन र हिमालबाट झर्ने पानीको गल्फ देशमा माग भइरहेको र सोहीअनुरुप निर्यातमा लाग्नुपर्ने, जडिबुटी प्रशोधन गरेर निर्यात गर्नुपर्ने, युवाहरुलाई स्वरोजगार बनाउन सहुलियत ब्याजमा लगानी प्रवर्द्धन गर्नुपर्ने र सरकारले मौखिकमा मात्र होईन व्यवहारिक रुपमा समृद्धिको यात्रा थाल्नुपर्ने सुझाव दिनुभएको छ ।

वरिष्ठ उपाध्यक्ष मल्लसँग भएकाे विस्तृत कुराकानीकाे भिडियोः–

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विदेशबाट ल्याइने नेपालीलाई केही समय राख्न काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन बनाइने भएको छ । सरकारले भारत…

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका…

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…

मेष– यात्रामा तनाव हुनेछ । प्रेममा प्रगति रहनेछ । वृष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । मिथुन– सम्पत्ति…