पुर्खाको सम्झनामा सांगीतिक कार्यक्रम गर्दै श्याम नेपाली

काठमाडौं । सारंगी र लोक संगीतको क्षेत्रमा आफ्नो पाँंचौं पुस्ताको तर्फबाट निरन्तरता दिइरहनुभएका प्रसिद्द सारंगीवादक श्याम नेपालीले  आफ्ना पूर्खाको सम्झनामा एक सांगीतिक कार्यक्रम गर्नुहुने भएकाे  छ । कार्यक्रममा नेपालीका बुबाका समकालिन गायक, गायिका तथा कलाकारहरू संयुक्त रूपमा एकै मञ्चमा प्रस्तुत हुनेछन् । कार्यक्रम यही पुष महिनामा काठमाडाैंमा हुँदैछ ।

हजुरबुबा मगर गन्धर्व, बुबा हरीशरण नेपाली लगायत सबै गन्धर्व पुर्खाहरुको सम्झनामा नेपालीले सांगीतिक कार्यक्रम गर्न लाग्नुभएकाे हाे । जनता टेलिभिजनको साप्ताहिक प्रस्तुति सेलिब्रेटी किचनमा उहाँले सांगीतिक कार्यक्रममा संगीतलगायतका विभिन्न विषयबारे जानकारी दिनुभएको छ ।

आफ्नो पुस्ताको मौलिक बाजा बजाउँदै र गाउँदै विश्वका धेरै भु-भागमा सांगीतिक कार्यक्रम गरिसक्नुभएका श्याम नेपालीले गन्धर्व संस्कृती र नेपाली लोक गीत नेपालको सांगीतिक सम्पदा रहेको र यसको संरक्षणमा युवा पुस्ताको भुमिका अपरिहार्य रहेको बताउनुभएको छ । मौलिक बाजा सारंगी र गाइने गितहरु गन्धर्व समुदायको मात्र नभई देशकै मौलिक सम्पदा रहेको र यसको संरक्षणमा राज्यको भुमिका अग्रणी हुनुपर्ने उहाँकाे भनाइ छ ।

तर यसप्रती सरकारले खासै चासो नदिएको नेपालीको गुनासो छ । १५ बर्षको उमेरबाट औपचारीक रुपमा सांरंगी बजाउन शुरु गर्नुभएका नेपाली सुकर्म व्याण्डलगायत स्वदेशी तथा विदेशी सांगीतिक समुहसंग आबद्ध रहदै काम गरीरहनुभएको छ । उहाँले अमेरिकास्थित हार्वर्ड विश्वविद्यालयबाट मौलिक बाजा र लोक गीतबारे प्रशिक्षण समेत दिनुभएको छ ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्
विशेष

सूर्य थापा, प्रधानमन्त्रीको प्रेस सल्लाहकार तथा  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सहप्रवक्ता । नेकपाका केन्द्रीय सदस्य थापा तार्कित युवा नेताको…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

अफरोज अपर्ण काठमाडाैं । बुधबार बिहान ९ बजे सशस्त्र प्रहरी बल (एपिएफ)को केन्द्रीय कार्यालय हलचोक मैदान पुग्दा एपिफसँग आवद्ध नेपाली…

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घले बलात्कार आरोपमा पक्राउ परेका छन् । घरलाई बलात्कार…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाइने भएको छ ।नेकपाको बुधबार बसेको सचिवालय  बैठकले उपाध्यक्ष…