‘भारतकाे एकपक्षीय निर्णय मान्य हुँदैन’

काठमाडौं । राजधानीबाट बिहीबार प्रकाशित विभिन्न पत्रपत्रिकाले भारत सरकारले हालै प्रकाशित गरेको नयाँ नक्साबारे प्रमुख समाचार छापेका छन् । यसका साथै पत्रपत्रिकाले विभिन्न फरक – फरक विषयका समाचारलाई पनि प्राथमिकता दिएर प्रकाशन गरेका छन् ।

बुधबार जनता समाचार डटकम नयाँ नक्साबारे परराष्ट्रले भन्यो, ‘भारतको एकलौटी निर्णय मान्य हुँदैन’, पुर्खाको सम्झनामा सांगीतिक कार्यक्रम गर्दै श्याम नेपाली, ‘बोक्सी भन्दै तातो फलामले डाम्न खोजे, भागेर बाँचे’, भारतद्वारा सार्वजनिक नक्साविरुद्ध ठाकुर गैरेको आक्रोश र तरकारी लिएर जाँदै गरेका महतोलाई टिपरले हान्यो लगायतका शीर्षकमा समाचार छापिए ।

नागरिक दैनिकमा सरकारले कालापानी नेपालको भू–भाग भएको भन्दै भारत सरकारले हालै प्रकाशित गरेको नयाँ नक्सा मान्य नहुने समाचार प्रमुख समाचार बनाएको छ ।

समाचारमा उल्ल्लेख भए अनुसार परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्तिमार्फत एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने स्पष्ट पारेको छ । दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरु दुबै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने नेपालको जोड रहेको परराष्ट्र मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ ।

मन्त्रालयको विज्ञप्तिमा नेपाल सरकार नेपालको अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि प्रतिबद्ध रहेको र दुई मित्र राष्ट्रबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्ताबेज एवम् तथ्य प्रमाणहरुको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेको समेत समाचारमा उल्लेख गरिएको छ । सरकारले हालै प्रकाशित गरेको नयाँ नक्सा मान्य नहुने भन्दै सर्वसाधारण समेत आक्रोशित भएको नागरिकमा समाचार छ ।

राजधानी दैनिकले उपनिर्वाचनको तयारी पूरा भएको समाचारलाई प्रमुख समाचार बनाएको छ । राजधानीका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनलाई निश्पक्ष, तटस्थ र भयरहित तुल्याउन आयोग प्रतिदद्ध रहेको बताउनु भएको छ । तिनिधिसभाको एक र प्रदेशसभाका रिक्त तीन स्थानहरुमा मंसिर १४ गते हुने उपनिर्वाचन हुँदैछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

नेपाललाई बुद्ध र सगरमाथाको देशसँगै कम्युनिष्टको देशको रुपमा विकाश गर्ने योजना पार्टीले अघि सारेको छ ।

डिजेल बोकेको ट्याङ्कर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

प्रभावकारी तथा सहज परीक्षणको व्यवस्थाको माग भइरहेका बेला सरकारले नाकामै विषादी परीक्षणको व्यवस्था गर्न लागेकोे हो ।

रोजगारीमा फाइदा हुन सक्नेछ, धन सम्पत्तिको चिन्ता हुनेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…