महाकाली सन्धीबारेकाे विवादपछि २०५४ सालमा तत्कालीन नेकपा (एमाले) फुट्यो । सन्धीको विरोध गर्नेहरुले नेकपा (माले) नामको छुट्टै पार्टी खोले । नेकपा (माले) का भ्रातृ संगठनहरु महाकालीको उदगमस्थल कुटीमा झण्डा गाड्ने भन्दै जुलुस लिएर गए । उनीहरु गुन्जी भन्दा ६० किलोमिटर वर टिंकरबाटै फर्के । त्यतिबेला जुलुसको नेतृत्व गरेर गएका योगेश भट्टराई यतिबेला पर्यटन मन्त्री छन् । यही बेला भारतले ६० किलोमिटर सिमाना मिचेर नक्सा सार्वजनिक गरेको छ ।
अंग्रेज र नेपालबीच सुगौली सन्धी भएको २ सय ४ बर्ष बितेको छ । सन् १८१६ मा नेपाल र अंग्रेजबीच सुगौली सन्धी हुनु अघि नेपालको पश्चिमी सिमा सतलज नदीसम्म थियो । सुगौली सन्धीका कारण यो सिमा करिब ५ सय किलोमिटर पूर्व महाकाली नदी कायम हुन आयो । नेपालको पश्चिम सिमाना महाकाली नदी हो भन्ने कुरा सुगौली सन्धीमा स्पष्ट उल्लेख छ । तर महाकाली नदीको उदगमस्थलको विषयमा नेपाल अहिलेसम्म मौन छ ।
महाकाली नदीको उदगमस्थलका विषयमा भारतले गर्दै आएको दाबीका सन्दर्भमा अहिले फेरी कुरा उठेको छ । पानीको बहावका हिसाबले लिम्पियाधुराबाट बग्ने नदी नै महाकाली नदी हुनु पर्ने हो, तर भारतले त्यसभन्दा ३ सय १० किलोमिटर पूर्वमा पर्ने गुन्जी भन्ने ठाउँमा मिसिने एउटा खोलालाई नै महाकाली नदी भन्दै आज भन्दा ५७ वर्ष अघि सैनिक क्याम्प राख्यो । यतिबेला गुन्जीबाट पनि ६० किलोमिटर पूर्वको टिंकर भन्ज्याङ सिमाना भएको भन्दै भारतले नयाँ नक्सा सार्वजनिक गरेको छ । यस विषयमा फेरि नयाँ बहस उत्पन्न भएको छ ।
चीनसँग जोड्ने अर्थात् आवतजावत गर्न सकिने ३ वटा भन्ज्याङ पर्ने भएकोले भारतले टिंकरदेखि लिम्पियाधुरासम्मको करिब ३ सय ७० किलोमिटर लामो यो क्षेत्रलाई रणनीतिक रुपमा लिएको छ । सामान्य अवस्थामा यो दाबी छाड्न भारत तयार देखिँदैन । त्यसैले सिमा अतिक्रमणको यो मुद्धा निकै पेचिलो बन्ने देखिन्छ । भूउपयोगका दृष्टिले खासै महत्वपूर्ण नभए पनि चीनसँगको रणनीतिक तथा व्यापारिक दृष्टिले ज्यादै नै महत्वपूर्ण यस भूभागका बारेमा नेपालले बेलैमा अन्तर्राष्ट्रिय लबिङ अघि बढाउन जरुरी छ । भारतसँग पनि यस विषयमा गम्भीर छलफल अघि बढाउनु पर्दछ । यदी भारतले उक्त क्षेत्रलाई अपरिहार्य ठानेको हो भने त्यति नै बराबरको क्षेत्र दक्षिणतर्फ दिएर सट्टा–पट्टा पनि गर्न सकिन्छ । नेपाललाई १२ महिना हिउँ पर्ने भुभागको कमी छैन तर खेतीयोग्य समथर भूभागको कमी छ । त्यसैले तराई क्षेत्रमा त्यतिनै भुभाग सट्टा भर्ना दिन भारत तयार हुन्छ भने त्यस तर्फ नेपालले पहल गर्नु अनुचित हुँदैन । यस विषयमा दुवै देशका विज्ञसँग छलफल गर्न आवश्यक छ ।
यो भूभाग ३ हजार मिटरभन्दा माथि उचाई भएको हिमाली क्षेत्र हो । बसोबास खासै छैन । तर चीनतर्फ जोड्ने ३ वटा भञ्ज्याङ यसै क्षेत्रमा पर्ने भएकोले यसलाई भारतले रणनीतिक महत्वका साथ हेरेको देखिन्छ । यस अघि भारतले यी तीन वटा भञ्ज्याङमध्ये कुटी क्षेत्रको भञ्ज्याङ पुरै आफ्नो सिमाभित्र पारेको थियो भने गुञ्जी क्षेत्रको कालापानी भञ्ज्याङलाई नेपाल, भारत र चीनको त्रिदेशीय सिमा भित्र पारेको थियो । तर अहिले नयाँ नक्सामा गुन्जी क्षेत्रको कालापानी भञ्ज्याङलाई पुरै आफ्नो भूभागमा पार्दै त्यस भन्दा करिब ६० किलोमिटर पूर्वको टिंकर भन्ज्याङको लेकलाई त्रिदेशीय सिमा कायम गराउने प्रयास भारतले गरेको छ ।
सुगौली सन्धी भएको २ सय ४ वर्ष बितिसक्दा पनि आफ्नो देशको सिमाना एकिन गरी सुरक्षाकर्मी तैनाथ नगर्नु नेपालको मुख्य कमजोरी हो । तर नेपालको कमजोरी यतिमा मात्रै सिमित छैन । ५७ वर्ष अघि चीनसँग युद्ध गर्ने क्रममा भारतले गुन्जी भन्ने स्थानमा सैनिक पोष्ट राखेको थियो । त्यही पोष्टलाई स्थायी बनाउने क्रममा भारतले त्यहाँको सानो खोलालाई नै महाकाली भन्दै नक्सा बनायो । भारतको यो गतिविधिबारे तत्काल आपत्ति प्रकट नगर्नु नेपालको ठूलो भूल थियो । अहिले ‘गुगलम्याप’ हेर्ने हो भने भारतले जुन खोलालाई महाकाली नदी भनेर दाबी गरेको छ, त्यसलाई नै ‘गुगलम्याप’ मा महाकाली (शारदा) नदी भनेर उल्लेख गरिएको छ । ‘गुगलम्याप’ राख्ने संस्थासँग नेपालले आपत्ति नजनाउनु अर्को कमजोरी हो ।
छिमेकी मित्रराष्ट्र भारतले हालै प्रचलनमा ल्याएको आफ्नो देशको नयाँ नक्सामा नेपालको थप भूभाग मिचेको प्रकरणलाई लिएर सुरु भएको यो बहस निकै पेचिलो हुने नै भयो । कुरा स्पष्ट छ की भारतले प्रचलनमा ल्याएको नयाँ नक्सामा नेपालको सिमा थप ६० किलोमिटर पूर्वतर्फ धकेलिएको छ । टिंकर खोलालाई महाकाली नदी मानेर भारतले नक्सालाई ६० किलोमिटर थप पूर्वतर्फ धकेलेको हो ।
दार्चुला जिल्लाको पश्चिम तर्फ कालापानी क्षेत्रमा भारतले नेपालको सिमा अतिक्रमण गरेको घटनाका अनेक श्रृंखलाहरु छन् । यो प्रकरणमा आजको सत्तालाई मात्रै दोष दिनुभन्दा पनि अंग्रेजले भारत छाडेर गए पछिका नेपालका सत्ताधारीहरु सबै दोषी छन् । वास्तवमा महाकाली नदीको उदगमस्थलका विषयमा राजा महेन्द्रका पालामा नेपालले आफ्नो अडान छाडेका कारण यो समस्या उत्पन्न भएको हो । यो समस्या के हो र किन उत्पन्न भयो ? भन्ने प्रश्नको उत्तर खोज्नु अघि दार्चुला जिल्लाको पश्चिमोत्तर तर्फको भूगोलका बारेमा जानकारी लिनु जरुरी छ । यो भूभाग ३ हजार मिटर भन्दा माथि उचाई भएको हिमाली क्षेत्र हो । बसोबास खासै छैन । तर चीनतर्फ जोड्ने ३ वटा भञ्ज्याङ यसै क्षेत्रमा पर्ने भएकोले यसलाई भारतले रणनीतिक महत्वका साथ हेरेको देखिन्छ । यस अघि भारतले यी तीन वटा भञ्ज्याङमध्ये कुटी क्षेत्रको भञ्ज्याङ पुरै आफ्नो सिमाभित्र पारेको थियो भने गुञ्जी क्षेत्रको कालापानी भञ्ज्याङलाई नेपाल, भारत र चीनको त्रिदेशीय सिमा भित्र पारेको थियो । तर अहिले नयाँ नक्सामा गुन्जी क्षेत्रको कालापानी भञ्ज्याङलाई पुरै आफ्नो भूभागमा पार्दै त्यस भन्दा करिब ६० किलोमिटर पूर्वको टिंकर भन्ज्याङको लेकलाई त्रिदेशीय सिमा कायम गराउने प्रयास भारतले गरेको छ । नयाँ विवादको जड यही हो ।
भारतले २०१९ सालमा सैनिक क्याम्प राखेको गुन्जी क्षेत्रभन्दा उत्तर पश्चिमतर्फ ६ वटा गाउँ छन् । ती गाउँहरु नेपालतर्फ भएको, ति गाउँहरुको प्रशासन नेपालले चलाएको वा ति गाउँबाट नेपालले मालपोत लिने गरेको प्रमाण सरकारसँग सुरक्षित छ वा छैन ? भन्ने यर्थाथता अहिले सम्म खुलेको छैन । नेपालका कुनै पनि सरकारले यो तथ्यांक बाहिर ल्याएका छैनन् । केहीवर्ष अघि कालापानीको विवाद उत्कर्षमा पुगेका बेला वरिष्ठ पत्रकार भैरव रिसालले लामो आलेख नै लेखेका थिए । उनले आलेखमा भनेका थिए – २०१८ सालको जनगणनामा म गणकको रुपमा दार्चुलाको उत्तरी क्षेत्रमा पुगेको थिएँ, त्यतिबेला गुन्जीदेखि कुटी सम्मका महाकाली नदी किनारमा ६ वटा गाउँको जनगणना म आँफैले गरेको हुँ, त्यतिबेलाको जनगणनाको अभिलेख सरकारले सार्वजनिक गर्नुप¥यो ।’ तर हाम्रो मुलुकका सत्ताधारीहरु मस्त निन्द्रामा छन् या नियत खराब हो ? भन्ने प्रश्न उठेको छ । मुलुकको सिमाजस्तो संवेदनशील विषयमा यसरी उदासिन रहनु खतराको संकेत हो ।
सुगौली सन्धीपछि पश्चिमतर्फ नेपाल भारतको सिमाना नदी महाकाली हो भन्ने कुरामा कुनै विवाद छैन । त्यस अघि नेपालको सिमाना सतलज नदी हो । अंग्रेजसँग नेपालले युद्ध हारे पछि सन् १८१६ मा सुगौली सन्धी भयो । सुगौली सन्धीमा महाकाली नदीलाई सिमा नदीका रुपमा उल्लेख गरिएको छ । तर महाकाली नदीको उदगमस्थलका विषयमा भारतले बखेडा निकालेको छ । २०१९ मा भारत र चीनबीच युद्ध भएपछि महाकाली नदीको उदगमस्थलका विषयमा भारतले बखेडा निकालेको हो । महाकाली नदी कुटी भन्दा उत्तर तर्फको लिपुलेक लिम्पियाधुराबाट उत्पत्ति भई दक्षिण पूर्वतर्फ बग्छ । ३ सय १० किलोमिटर दक्षिण पूर्व बगेपछि महाकाली नदीमा उत्तरबाट सिधै आएको एउटा खोला मिसिन्छ । त्यस पछि महाकाली नदी सिधै दक्षिण बग्छ । त्यो खोला मिसिने ठाउँ गुन्जी उपत्यका हो । करिब ३ हजार मिटर उचाईको गुन्जी उपत्यकामा भारतले चीनसँग युद्ध हुँदा आफ्नो सैनिक क्याम्प राखेको थियो ।
नेपाली भूभाग गुञ्जि उपत्यकामा भारतीय सेनाको क्याम्प राख्दा त्यसबेला नेपाल सरकार चुप लाग्यो । भर्खर पञ्चायती व्यवस्था सुरु भएकोले भारतलाई नचिढ्याउनका लागि राजा महेन्द्र मौन रहेका थिए । तर भारतले गुन्जी उपत्यकाबाट आफ्नो सैनिक क्याम्प हटाएन । उल्टै गुन्जीमा मिसिने खोला नै महाकाली नदी भएको दाबी गर्दै स्थायी रुपमै सिमाना कायम ग¥यो । यो रहस्य पञ्चायती व्यवस्था विघटन भए पछि मात्रै बाहिर आयो । २०४६ सालको परिवर्तन पछि नेपालले वास्तविक महाकालीको विषयमा कुरा उठाउन थाल्यो । यो विवाद थाति नै रहेको थियो । तर यतिबेला भारतले गुन्जी उपत्यकाबाट ६० किलोमिटर दक्षिणमा मिसिने टिंकर खोलालाई नै महाकाली नदी भन्दै नयाँ नक्सा प्रचारमा ल्याएको छ ।
महाकाली सन्धीको प्रकरणपछि २०५४ सालमा तत्कालीन नेकपा एमाले फुट्यो । यो सन्धीको विरोध गर्नेहरुले नेकपा माले नामको छुट्टै पार्टी खोले । नेकपा मालेका भ्रातृ संगठनहरु महाकालीको उदगमस्थल कुटीमा झण्डा गाड्ने भन्दै जुलुस लिएर गए । उनीहरु गुन्जी भन्दा ६० किलोमिटर वर टिंकरबाटै फर्के । त्यतिबेला जुलुसको नेतृत्व गरेर गएका योगेश भट्टराई यतिबेला पर्यटन मन्त्री छन् । यही बेला भारतले ६० किलोमिटर सिमाना मिचेर नक्सा सार्वजनिक गरेको छ । आज यो प्रश्नमा सरकार के भन्छ ? जनता उत्तरको प्रतिक्षामा छन् । बोलेर मात्रै पुग्दैन, यो मुद्धालाई अन्तराष्ट्रियकरण गर्नुपर्छ । राष्ट्रवाद भनेको सत्तामा जाने भर्याङ होइन । सत्तामा जान राष्ट्रवादको भर्याङ चढ्ने तर सत्तामा पुगिसकेपछि भर्याङ फाल्ने प्रवृति गलत हो । भारतले जुन नक्सा सार्वजनिक गरेको छ , यसलाई चीनले मान्यता दियो भने के होला ? अहिलेको यक्ष प्रश्न नै यही हो ।