कास्कीमा ६ जनाको मनोनयन दर्ता, कांग्रेसको बाँकी

काठमाडाैं । मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
कास्की क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी नेकपा तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै नेपाली कांग्रेसबाट विपीको तर्फबाट चन्द्रबहादुर रानाभाट, स्वतन्त्रतर्फ कमलजंग कुँवर र यज्ञप्रसाद पंगेनीले उम्मेद्वारी दर्ता गराएका हुन् । साझा पार्टीका तर्फबाट रजनी केसीले उम्मेद्वारी दर्ता गराएकी छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने अहिलेसम्म मनोनयन दर्ता गराएको छैन ।

देशभक्त समाज पार्टीका तर्फबाट वीरबहादुर विश्वकर्माले मनोनयन दर्ता गराएकाे प्रमुख निर्वाचन अधिकृत न्यायाधीश काजीबहादुर राईले जानकारी दिनुभयो ।

यस्तै, दाङ क्षेत्र नम्बर ३ ख मा प्रदेशसभा सदस्यका लागि कांग्रेस उम्मेदवार केशवकुमार शर्माले मनोनयन दर्ता गराउनुभएको छ ।

बागलुङ क्षेत्र नम्बर २ ख वामगठबन्धनका उम्मेदवार खिमविक्रम शाहीको मनोनयन दर्ता भएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

भातृ सुख मिल्नेछ । व्यापारमा प्रगति थपिनेछ ।

  बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः००…

देशका विभिन्न भूभागमा पूर्खाहरुले जोडेका त्यस्ता अनुपम ऐतिहासिक धरोहरहरु पछिल्लो पूस्ताले सम्हाल्न सकिरहेको देखिँदैन ।

मनाङ । ङिस्याङ गाउँपालिका हुम्डेबाट देखिएको अन्नपूर्ण तेस्रो हिमालको मनोरम दृश्य । यस स्थानमा हिमाल आरोहण गर्ने पर्यटकका लागि लागि…

पर्याप्त साधन, स्रोत र स्पष्ट म्यान्डेट दिएर सीमा रक्षाका लागि सरकारले लिम्पियाधुरा लगायत जुनसुकै कुनामा पठाए पनि सशस्त्र प्रहरी जान…

जब जब भारतले नेपाली भू–भाग अतिक्रमण गरेको प्रकरण सतहमा आँउछ तब तब नेपालीहरुले राष्ट्रकवि माधवप्रसाद घिमिरेले रचना गरेको यो कालजेयी…