भक्तपुरमा उम्मेदवार मनोनयन दर्ता (फाेटाेफिचर)

नारायण थापा
भक्तपुर । मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनका लागि भक्तपुर–१ (क) प्रदेशसभामा सत्तारुढ नेकपा, प्रतिपक्षी नेपाली कांग्रेससहित विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन आयोगद्वारा निर्धारित कार्यतालिका अन्तर्गत बिहीबार उम्मेदवार मनोनयनपत्र दर्ता भएको हो ।

भक्तपुर–१ (क) मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट देवीप्रसाद ढकाल (डीपी) ले उम्मेदवारी दर्ता गराएका छन् । नेकपाका नेता बामदेव गौतम, सांसद महेश बस्नेतलगायतको उपस्थितिमा ढकालले निर्वाचन कार्यालयमा उम्मेदवार मनोनयनपत्र दर्ता गरेका हुन् । मनोनयनपत्र दर्ताका क्रममा नेकपाका कार्यकर्ताहरुको जुलुससहित निर्वाचन कार्यालय पुगेको थियो ।

नेपाली कांग्रेसबाट कृष्ण भँडेलको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ताका क्रममा कांग्रेस कार्यकर्ताहरु जुलुसहित निर्वाचन कार्यालय पुगेका थिए । भक्तपुर प्रभाव क्षेत्र भएको नेपाल मजदुर किसान पार्टीले निरज लवजुलाई उम्मेदवार बनाएको छ । उनले पनि आफ्नो दलसहित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन् । राप्रपा संयुक्तका रामशरण लामिछानेले पनि उम्मेदवारी दिएका छन् ।

समाजवादी पार्टीबाट सुदर्शन मुनकर्मीले मनोनयनपत्र दर्ता गराएका छन् भने साझा पार्टीबाट सुरज प्रधानले पनि उम्मेदवारी दर्ता गराए । राप्रपाबाट श्याम नेपाल, साझा पार्टीबाट सुरज प्रधान, आमुल परिवर्तन मसिहा पार्टीबाट डिल्ली प्रसाद चौलागाईले उम्मेदवारी दिएका छन् । त्यस्तै, स्वतन्त्रबाट तीनजनाले मनोनयन दर्ता गराएका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

सूर्य थापा, प्रधानमन्त्रीको प्रेस सल्लाहकार तथा  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सहप्रवक्ता । नेकपाका केन्द्रीय सदस्य थापा तार्कित युवा नेताको…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

अफरोज अपर्ण काठमाडाैं । बुधबार बिहान ९ बजे सशस्त्र प्रहरी बल (एपिएफ)को केन्द्रीय कार्यालय हलचोक मैदान पुग्दा एपिफसँग आवद्ध नेपाली…

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घले बलात्कार आरोपमा पक्राउ परेका छन् । घरलाई बलात्कार…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाइने भएको छ ।नेकपाको बुधबार बसेको सचिवालय  बैठकले उपाध्यक्ष…