कास्कीमा २१ जनाको उम्मेदवारी

माधब पनेरु ।
कास्की । उपर्निवाचनका लागि कास्की जिल्लाामा २१ जनाको उम्मेदवारी परेको छ । प्रमुख दलसहित केही स्वतन्त्र उम्मेदवारसहित उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जानकारी दिएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बाट दिवंगत रविन्द्र अधिकारीकी श्रीमती विाद्यादेवी भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट खेमराज पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यसैगरी समाजवादी दलबाट धर्मराज गुरुङ्ग, विवेकशील साझा पार्टीबाट रजनी केसी, साझा दलबाट जमुना शर्मा, राप्रपा संंयुत्तबाट गंगा मल्ल, संघीय लोकतान्त्रीक राष्ट्रिय पार्टीबाट गजेन्द्र सुब्बा लगायतले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दर्तासँगै प्रमुख दलहरुले घोषणासभा आयोजना गरेका थिए । सभामा नेकपाका उम्मेदवार विद्या भट्टराईले दिवंगत रविन्द्रले देखेका सपना पूरा गर्न आफू चुनावी मैदानमा आएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलकामे भाउ  प्रतिलिटर एक रुपैयाँले…

काठमाडौं । व्यवसायीले बन्दाबन्दी (लकडाउन) अवधिको बैंकको ब्याज शतप्रतिशत छुट दिन माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले (लकडाउन)…

चितवन । बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका वडा ९ थुम्सीस्थित खहरे खोलामा…

मेष – सरसामान हराउन सक्नेछ । अनावश्यक आर्थिक चिन्ता बढ्नेछ । घरायसी खर्चमा वृद्धि हुनेछ । यात्रामा झमेला पर्नेछ ।…

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ६० देखि ७० जना एचआइभी संक्रमित नियमित औषधि लिन आउने…

मेष– अनावश्यक भ्रमण हुनेछ । व्यापारमा सन्तोष मिल्नेछ । साथीसंगतमा खर्च हुनेछ । वृष– क्षमताको कदर हुनेछ । राजनीतिमा अवसर…