सुखानीको पुल निर्माण वर्षाैदेखि अलपत्र

भगीरथ भण्डारी
इलाम । राजदुवाली–शनिश्चरे सडक खण्डमा पर्ने बुढी सुखानीको पक्की पुल निर्माण कार्य वर्षैदेखि अलपत्र परेको छ । पुल निर्माण छोडेर हिँडेको निर्माण कम्पनीलाई पटकपटक ताकेता गर्दासमेत काम गर्न नआएको डिभिजन सडक कार्यालय इलामले जनाएको छ । निर्माणको जिम्मेवारी पाएका व्यवसायी शिवराम सापकोटाले प्रमुख जिल्ला अधिकारीको फोनसमेत नउठाई बेपत्ता भएको कार्यालयको भनाइ छ ।

पुलको आधाभन्दा बढी भाग निर्माण गरी बाँकी काम अलपत्र पारेपछि सडकको यात्रा वर्षायाममा जोखिममा पर्ने गरेको छ । वर्षामा सुखानीमा खहरे बाढी आएपछि गाडी सञ्चालन हुँदैन । ‘बिरामी र विद्यार्थी ओहोरदोहोर गर्न समस्या छ ।

आर्थिक वर्ष २०६८/०६९ मा स्काई, अजम्बर, शिवराम जेभीले साझेदारीमा उक्त पुलको निर्माण कार्य ठेक्का लिएको डिभिजन सडक कार्यालय इलामले जानकारी दिएको छ । भ्याटसहित एक करोड ६२ लाख १२ हजार चार सय ६० रुपैयाँमा ठेक्का सम्झौता भएपनि २५ लाख जतिको काम अधुरै रहेको डिभिजन सडक कार्यालयका डिभिजनल इञ्जिनियर खड्गलाल श्रेष्ठले बताउनुभयो ।

ठेक्काका विषयमा राष्ट्रिय वाणिज्य बैंक रामेछापमा परफरमेन्स ग्यारेन्टी माग भएको तर रामेछापले केन्द्रीय कार्यालयमा लेखेर पठाए पनि त्यसको जानकारी समेत नदिएको सडक कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । ११ र १२ कक्षामा कानुन अध्ययनरत विद्यार्थीबीच हाजिर जवाफ प्रतियोगिता हुने भएको छ । कानुन पढाइ हुने विभिन्न…

फाइल तस्बिर काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनितको लागि पार्टीले गरेको निर्णयपछि राजनीति…

काठमाडौं । फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित हुनुमा अखिल र नेविसंघले एकअर्कालाई आरोप लगाएका छन्…

काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको लागि पार्टीले निर्णय गर्न नमिल्ने बताउनुभएको…

काठमाडौं । प्राणघातक ‘कोरोना भाइरस’ संक्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । जापानका प्रधानमन्त्री…

काठमाडौं । अमेरिका पठाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठग्ने पक्राउ परेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ९ घरभइ काठमाडौंको…