केन्द्रीय बहिरा क्याम्पसलाई जनता बैंकको दश लाख सहयोग

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रीय बहिरा क्याम्पस, नक्साललाई दश लाख आर्थिक सहयोग गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्रीले बिहीबार आयोजित कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्राडा प्रभा हमाललाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।

बहिरा विद्यार्थीलाई सांकेतिक भाषामा उच्च शिक्षा प्रदान गर्न सामुदायिक कलेजको रुपमा ६ वर्ष अगाडि स्थापना गरिएको केन्द्रीय बहिरा क्याम्पसलाई बैंकले विगत ४ वर्षदेखि आर्थिक सहयोग उपलब्ध गराउदै आएको छ । क्याम्पसमा हाल छात्र/छात्रा गरी १ सय ४ जना बहिरा विद्यार्थीहरु स्नातक तहमा अध्ययनरत छन् । व्यवस्थापन समिति अध्यक्ष प्राडा हमालका अनुसार हाल नक्साल स्थित बालमन्दिरमा शिक्षा शास्त्र संकायको बिएड कक्षा सञ्चालन गरिरहेको क्याम्पसले आफ्नै भवन निर्माण गरी व्यवस्थापनको पढाई समेत सञ्चालन गर्ने योजना बनाएको छ ।

सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यलाई महत्वपूर्ण जिम्मेवारीको रुपमा लिएको यस बैंकले देशका विभिन्न क्षेत्रमा स्वास्थ्य तथा शिक्षालाई प्राथमिकतामा राखेर सामाजिक कार्यहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।

ज्यान बचाउन ती युवा भेरीमा हाम फालेको सोती गाउँका गाउलेको भनाइ छ ।

संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

अर्घाखाँचीका ३५ वर्षीय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।