स्वेच्छिक अवकाश लिने शिक्षकलाई नगदसहित सम्मान

नारायण थापा
भक्तपुर । चाँगुनारायण नगरपालिकाभित्र रहेका ७ विद्यालयका स्वेच्छिक अवकाश लिने शिक्षकलाई नगरपालिकाले नगदसहित सम्मान गरेको छ ।

चाँगुनारायण नगरपालिकाको सामुदायिक विद्यालयमा पेन्सन पकाएका ५० वर्षमाथिका सात शिक्षकलाई नगरपालिकाले नगद एक एक लाखसहित सम्मान गरेको हो ।

स्वेच्छिक अवकास लिन नगरपलिकाले गरेको अव्हान गरे अनुरुप ७ जना शिक्षकले स्वेच्छिक अवकाश रोजेका थिए ।स्वेच्छिक अवकाश लिने शिक्षकहरुलाई नगरपालिकाले सरकारले प्रदान गर्ने पेन्सनका साथै थप एक लाखको चेक र दोसल्ला ओढाई सम्मान गरेको थियो ।

चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित देवी माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले शिक्षक पेशा सम्मानीत पेशा भएको बताउँदै नेपालमा नै स्वेच्छिक अवकाश लिने शिक्षकलाई सम्मान गर्ने परम्परालाई नगरपालिकाले अंगिकार गर्ने नीति लिएको बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

नेपाललाई बुद्ध र सगरमाथाको देशसँगै कम्युनिष्टको देशको रुपमा विकाश गर्ने योजना पार्टीले अघि सारेको छ ।

डिजेल बोकेको ट्याङ्कर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

प्रभावकारी तथा सहज परीक्षणको व्यवस्थाको माग भइरहेका बेला सरकारले नाकामै विषादी परीक्षणको व्यवस्था गर्न लागेकोे हो ।

रोजगारीमा फाइदा हुन सक्नेछ, धन सम्पत्तिको चिन्ता हुनेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…