काठमाडाैं-जनकपुर २ सय ५० किमी साइकल यात्रा

बलवीर भुजेल
सिन्धुली । यस वर्षको राइड थु्र सिन्धुलीगढी साइकल यात्रामा काठमाडौंको पशुपतिबाट झण्डै २ सय ५० किलोमिटर यात्रा गरेर जनकपुरसम्म पुग्ने छ । महिला साइकल यात्रीको संख्या उल्लेख्य हुने भएको छ ।

महिला साइकल यात्रीलाई ब्रिटिस काउन्सिल र युएन उमनलगायतका संस्थाले प्रायोजन गर्ने भएपछि महिलाको संख्या यस वर्ष निकै बढ्ने भएको हो ।

यस वर्षको साइकल यात्रा मंसिर ६ गतेदेखि ९ सम्म ४ दिन हुने छ । साइकल यात्राको स्टोरी साइकल, सानो पाइला, फ्याक्ट्स नेपाल, सिन्धुलीय श्रेष्ठ समाजलगायतका संस्था सहआयोजक छन् । साइकल यात्रालाई पर्यटन बोर्डले प्रवद्र्धनमा सघाउँदै आएको छ । साइकल यात्रामा अभियानले प्रदेश नम्बर ३ सँग सहकार्य गरेको छ ।

यस वर्षको साइकल यात्राको तयारी पूरा भएको अभियन्ता हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौंको पशुपतिनाथ परिसरबाट शुरु हुने साइकल यात्री पहिलो दिन सिन्धुलीको मुलकोटमा बास बस्ने छन् । दोस्रो दिन साइकल यात्री ऐतिहासिक सिन्धुलीगढी पुगेर त्यहाँका सम्पदाको अबलोकन गर्नेछन् । त्यहाँबाट सिन्धुलीमाढी झरेर साइकल यात्रीहरु सिन्धुली कला घरले गर्ने साँस्कृतिक कार्यक्रममा सहभागी हुने छन् । तेस्रो दिन साइकलयात्री मिथिलाको सांस्कृतिक शहर जनकपुरधाममा आयोजना गरिने मैथिल लोकसंस्कृतिसहितको सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछन् । चौथो दिन बिहान जनकपुरमा साइकलयात्रीका लागि नगर परिक्रमा कार्यक्रम राखिएको छ ।

अभियानले ऐतिहासिक सिन्धुलीगढीलाई सांस्कृतिक शहर जनकपुर र पशुपतिको शहर काठमाडौंलाई पर्यटकीय दृष्टिले जोड्न हरेक वर्ष साइकल यात्रा गर्दै आएको हो । हरेक वर्ष साइकल यात्रामा १ सय ५० जन साइकल यात्री र ५० जना सहयोगीको समुह गरी दुई सयजना सहभागी हुने साइकल यात्राकी संयोजक दीपिका ज्ञवालीले बताउनुभयो । अभियानले राइड थ्रु सिन्धुलीगढीमा जान चाहने साइकल यात्रीलाई अनलाइनमा नाम दर्ता गर्न सक्ने ब्यवस्था गरेको छ ।

अभियानले सांस्कृतिक शहर काठमाडौं र जनकपुरलाई ऐतिहासिक सिन्धुलीगढी हुँदै जोड्ने साइकलयात्राले पहाड र तराई बीचको सद्भाव विस्तार गर्न समेत सघाउने आयोजकको अपेक्षा छ ।

अंग्रेजी फौजलाई परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीलाई संसारसामु चिनाएर पर्यटन प्रवद्र्धन गर्ने अभियानको योजना छ । ‘राइड थ्रु सिन्धुलीगढी’ नाममा ब्रान्डिङ गरेर विश्वभरका साइकल यात्रीलाई हरेक वर्ष हुने यात्रामा सहभागी गराउने योजना अभियानले बनाएको अभियानका उपाध्यक्ष दीपक श्रेष्ठ बताउँछन् ।

काठमाडौंबाट झण्डै २ सय ५० किलोमिटर यात्रा गरेर जनकपुरसम्म पुगिने छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विद्यानन्द राम सप्तरी । प्रधानाध्यापकले आर्थिक अनियमितता गरेको भन्दै विष्णुपुर गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालय खुरहुरियाका अभिभावकहरुले अनिश्चितकालिन रिले अनशन…

कौरब खत्री गुल्मी । ‘अपांगता पूर्वजन्मको पाप हो र अपांगता भएका व्यक्तिले समाजमा केही योगदान पुर्याउन सक्दैनन्’ भन्ने गलत धारणा…

काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई जनचाहनाअनुसार काम गर्न दिनुभएको निर्देशनलाई प्राथमिकताका साथ…

जनता टेलिभिजनमा आज

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भूसालले कृषिक्षेत्रमा रहेको समस्यालाई समाधान गर्दै आधुनिक कृषि प्रणालीको विकास गरिने बताउनु…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराउनु भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले पद तथा…