‘दुई वर्षभित्र कर्णाली अँध्यारोमुक्त’

मिना बुढाथोकी
सल्यान । उर्जा, जलस्रोत तथा सिचाँई मन्त्री वर्षमान पुनले आगामी दुई वर्षभित्र कर्णाली प्रदेशलाई अँध्यारोमुक्त बनाउने बताउनुभएको छ ।

सल्यानको दार्मा गाउँपालिकामा बिजुली बत्तीको उद्घाटन गर्न सल्यान आउनुभएका मन्त्री पुनले त्यसका लागि आपूmहरु लागिपरेको बताउनुभयो । यसैवर्ष मात्र ४१ वटा जिल्लालाई पूर्ण अँध्यारोमुक्त जिल्ला घोषणा गर्न लागेको बताउँदै मन्त्री पुनले दुई वर्षमा कर्णाली प्रदेशका सबै घरमा विद्युत विस्तार हुने जानकारी दिनुभयो ।

आगामी वर्षका लागि वहुवर्षे कार्यक्रम लागू गर्ने बताउँदै उहाँले भेरी नदीको पानीलाई सतह र लिफ्ट सिस्टमबाट खेतबारीमा सिचाँइ पुर्याउने कार्यपनि थालनी हुने बाउनुभयो । विगतका वर्षहरुमा सल्यान पछि परेको भन्ने गुनासो सुनिएको भन्दै उहाँले विकासको दृष्टिकोणले अब सल्यान विकासमा पछि नपर्ने बताउनुभयो ।

जिल्लाको दार्मा गाउँपालिकाले आयोजना गरेको दार्मा उज्यालो कार्यक्रमलाई सम्बोधन गर्न सल्यान पुगेपनि मन्त्री पुनले बनगाड कुपिण्डे नगरपालिका, कुमाख गाउँपालिका लगायतका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसँग भेट गर्नुभयो । उहाँले सल्यान विकासका दृष्टिकोणले भरिपुर्ण जिल्ला रहेको बताउँदै सिँचाइ सुविधा तर्फपनि आप्mनो ध्यानाकार्षण भएको बताउनुभयो ।

मन्त्री पुनसँर्गै प्रतिनिधि सभाका सांसद टेक बहादुर बस्नेत, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला लगाएतको सहभागिता रहेको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विद्यालयमा गोली चलाउनुका कारण भने अझै थाहा हुन सकेको छैन ।

ट्याक्टरमा च्यापिएको अवस्थामा रहेका चालकको शव प्रहरी र स्थानीय मिलेर बाहिर निकालेका थिए ।

नेता नेपालले घरदैलोका क्रममा देशलाई समृद्ध बनाउन नेकपाका उम्मेदवारले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

नेपाल बसाइको क्रममा उहाँले भक्तपुर दरबार स्क्वायर, पोखराको फेवाताल, बेगनाशताल लगायतका पर्यटकिय स्थलहरुको भ्रमण गर्नुभयो ।

मित्रतामा खटपट हुनेछ । पारिवारिक द्वन्द बढ्नेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…