ब्वाइज युनाइटेड ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप’ को सेमिफाइनलमा प्रवेश

झापा । गोर्खा ब्वाइज स्पोर्टस क्लब बुटबललाई टाइब्रेकरमा पराजित गर्दै काठमाडौंको चर्च ब्वाइज युनाइटेड जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिहीबार भएको अन्तिम क्वाटरफाइनल खेलमा ४–२ गोलले पराजित गर्दै गोर्खा ब्वाइजले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित ८० मिनेटको खेलमा दुवै टोलीले समान १–१ गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरी खेलेको दुवै टोलीका लागि दोस्रो हाफमा गोल भएको थियो । गोलको खाता भने चर्च ब्वाइजले खोलेको हो । दोस्रो हाफको २१औँ मिनेटमा चर्च ब्वाइजका कप्तान सन्तोष न्यौपानेले गोल गरे ।

चर्च ब्वाइजका एलन मगरले मिलाइदिएको लङ पासमा गोर्खा ब्वाइजका गोलरक्षक सुजित गुरुङलाई बिट गर्दै सन्तोष न्यौपानले गोल गरेका हुन् । तर, चर्च ब्वाइजको यो खुसी २ मिनेट टिक्न सकेन । लगत्तै गोर्खा ब्वाइजका रुमेश बाँस्तोलाले गोल गरेर खेललाई बराबरीमा ल्याए । विपक्षी गोलपोस्ट नजिक पुगेका उनले सहजै गोल गरेका थिए । यसअघि चर्च ब्वाइजले थुप्रै अवसर खेर फालेको थियो । प्रतिस्पर्धात्मक खेलमा चर्च ब्वाइजका कैलाश बस्नेतको प्रहार गोर्खा ब्वाइजका गोलरक्षक सुजितले उत्कृष्ट बचाउ गरेका थिए ।

त्यस्तै, दोस्रो हाफको १३औँ मिनेटमा चर्च ब्वाइजका सुनिल खड्काले रित्ता पोस्टमा गोल गर्न सकेनन् भने कप्तान सन्तोषको कर्नर प्रहारमा पाल्साङ लामाको हेड थोरै माथिबाट बाहिरिएको थियो ।

गाेर्खा ब्वाइजका दिपक राईले खेलको ३२औँ मिनेटमा गोल गर्ने अवसर गुमाएका थिए । विपक्षी गोलरक्षक विनय श्रेष्ठसँगको वान भर्सेज वानमा दिपक गोल गर्न चुकेका थिए । निर्धारित समयमा खेलको निर्णय नभएपछि टाइब्रेकर रोजिएको थियो । जसमा चर्च ब्वाइजका उमेश राई, राजेन्द्र रावल, कैलाश बस्नेत र पाल्साङ लामाको प्रहार गोलमा परिणत भएको थियो ।

गोर्खा ब्वाइजका तर्फबाट रुपेश केसी, दिपक राईको प्रहारमात्र गोलमा परिणत भएको थियो भने बुद्ध चेम्जोङ र मनोज श्रेष्ठको प्रहार चर्च ब्वाइजका गोलरक्षक विनय श्रेष्ठले बचाउ गरेका थिए । टाइब्रेकरमा उत्कृष्ट प्रदर्शन गरेका चर्च ब्वाइजका गोलरक्षक विनय श्रेष्ठ खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

 दश टिम सहभागी गोल्डकपमा शुक्रबार त्रिभुवन आर्मी क्लब र पाहुना टोली सिक्किम आक्रमण एफसीबीच पहिलो सेमिफाइनल खेल हुनेछ । गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विद्यानन्द राम सप्तरी । प्रधानाध्यापकले आर्थिक अनियमितता गरेको भन्दै विष्णुपुर गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालय खुरहुरियाका अभिभावकहरुले अनिश्चितकालिन रिले अनशन…

कौरब खत्री गुल्मी । ‘अपांगता पूर्वजन्मको पाप हो र अपांगता भएका व्यक्तिले समाजमा केही योगदान पुर्याउन सक्दैनन्’ भन्ने गलत धारणा…

काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई जनचाहनाअनुसार काम गर्न दिनुभएको निर्देशनलाई प्राथमिकताका साथ…

जनता टेलिभिजनमा आज

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भूसालले कृषिक्षेत्रमा रहेको समस्यालाई समाधान गर्दै आधुनिक कृषि प्रणालीको विकास गरिने बताउनु…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराउनु भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले पद तथा…