काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित विभिन्न पत्रपत्रिकाले भारत सरकारले हालै प्रकाशित गरेको नयाँ नक्साबारे प्रमुख समाचार छापेका छन् । यसका साथै पत्रपत्रिकाले विभिन्न फरक – फरक विषयका समाचारलाई पनि प्राथमिकता दिएर प्रकाशन गरेका छन् ।
बिहीबार जनता समाचार डटकम मा ब्वाइज युनाइटेड ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप’ को सेमिफाइनलमा प्रवेश, उपनिर्वाचनका लागि ७८ जनाको उम्मेदवारी दर्ता, कास्कीमा ६ जनाको मनोनयन दर्ता, कांग्रेसको बाँकी, बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, मन्त्रिपरिषद्को निर्णयः उपनिर्वाचनमा नेपाली सेना परिचालन गरिने, ‘दुई वर्षभित्र कर्णाली अँध्यारोमुक्त’ र सुखानीको पुल निर्माण वर्षौदेखि अलपत्र लगायतका शीर्षकमा समाचार छापिए ।
नागरिक दैनिकमा ‘पश्चिमी सीमामा सधैं समस्या’ शीर्षकमा प्रमुख समाचार छ । दार्चुलाको व्यास गाउँपालिकाको त्रिदेशीय सीमाक्षेत्रमा भारतीय अतिक्रमण भएको पाँच दशक नाघिसकेको छ । वडा नम्बर १ साबिकको व्यास गाविस चीन र भारतसँग सिमाना जोडिएको त्रिदेशीय बिन्दु भए पनि नेपालको राज्यसंयन्त्रको पहुँच बाहिर छ, जसका कारण यहाँ भारतीय दबदबा रहँदै आएको छ ।
समाचारमा लेखिएको छ, ‘यसअघि पनि ेपाली भूभागमा भारतीय पक्षले मनलाग्दी गतिविधि गरिरहेको सूचना नेपाल सरकारले नपाएको भने होइन् । तर राज्यको प्रतिक्रिया स्थानियले सुन्न पाएका थिएनन् ।’ तर भारतले हालै प्रकाशित गरेको नयाँ नक्साका कारण मिचिएका कालापानी, लिपुलेकलगायतबारे देशव्यापी चर्चा चलेको छ । सिमाबारे यतिबेला राम्ररी चर्चा चल्न थालेपनि भारतले नेपालको पश्चिमी क्षेत्रमा सन् १९६२ देखि नै अतिक्रमण गर्दै आएको देखिन्छ ।
समाचारमा समेटिए अनुसार, सुगौली सन्धी अनुसार नेपाल र भारतको सिमा काली नदी हो । भारतले ३० किलोमिटर पूर्व कृत्रिम नदी बनाई त्यसलाई ‘काली’ र त्यसबेलादेखि नै पश्चिमको भूभाग अतिक्रमण हुन थालेको हो ।
गोरखापत्र दैनिकमा सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाास्कोटाले कालापनी नेपालको भूमि भएको र छिमेकी भारतले सानो चित्त बनाउन नहुने बताउनुभएको समाचारले समाचारले प्राथमिकता पाएको छ । समाचारमा लेखिए अनुसार मनत्री बाँस्कोटाले कालापानी क्षेत्रमा मात्र नभई अन्यत्र पनि सीमासम्बन्धी समस्या रहेको र तिनलाई कूटनीतिक र राजनीतिक पहलद्वारा ऐतिहासिक तथ्य र प्रमाणका आधारमा टुंग्याइने बताउनुभएको छ ।
गोरखापत्रले राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो नेपाली चलचित्र सम्पादन गर्ने वैकुण्ठ मास्केलाई सम्मान गर्नुभएको समाचारलाई पनि प्रथम पृष्ठमै प्रकाशित गरेको छ ।
कान्तिपुर दैनिकमा भारतले कालापनी लगायतका भूभाग अतिक्रमणमा परेको भन्दै नेपालमा विरोध चर्किंदै गएपछि भारती पक्षले दिएको प्रतिक्रियालाई समाचार बनाइएको छ । समाचारमा उल्लेख गरिए अनुसार भरतले आफूले जारी गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालमा भइरहेको विरोधका सन्दर्भमा पहिलोपटक औपचारीक प्रतिक्रिया दिएको छ ।
उक्त नक्साले ‘भारतको सार्वभौम भूभागलाई सही ढंगले चित्रण गरेको’ र ‘नेपालसँग सीमामा कुनै फेरबदल नगरिएको’ दाबी भारतीय पक्षले गरेको छ ।