मध्यरातमा पूर्व सहायकमन्त्री पक्राउ

काठमाडौं । पूर्व सहायकमन्त्री रुप ज्योति पक्राउ परेका छन् । शाही सरकारको अर्थ सहायकमन्त्री रुप ज्योति ठगी आराेपमा पक्राउ परेका हुन् ।

पूर्व सहायकमन्त्री रुप ज्योतिलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । रुप ज्योतिलाई घर जग्गा कारोबार गठी आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिनुभएको छ ।

प्रहरीका अनुसार पूर्व सहायकमन्त्री रुप ज्योतिले बालुवाटारका वीरेन्द्र श्रेष्ठलाई बाँसबारीस्थित हाउजिङको एक फ्ल्याट १ कराेड २६ लाख रुपैयाँमा पास गरी दिन्छु भन्दै २०७५ मंसिरमा रकम बुझेका थिए । रकम बुझे पनि उनले श्रेष्ठलाई फ्ल्याट उपलब्ध गराएनन् ।

त्यसपछि श्रेष्ठ र उनीबीच विवाद भयो । रुप ज्योतिले सर्वोच्च गएर फ्ल्याटको निषेधाज्ञा जारी गराएका थिए । सर्वोच्चले मंगलबार मुद्दामा अन्तरिम आदेशको विपक्षमा फैसला सुनाएपछि प्रहरीले रुप ज्योतिलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यसअघि नियमित बुलेटिनमा विभिन्न जिल्लाका २ सय २६ जनामा संक्रमण भएकाे बताइएकाे थियाे ।

काठमाडौं । वायुसेवा सञ्चालकहरुले हवाइ इन्धनको मूल्य घटाउन सरकारसँग माग गरेका छन् । उडान प्रतिबन्धका कारण विभिन्न वायुसेवा कम्पनीलाई दैनिक…

काठमाडौं । नेपालमा सोमबार फेरि २२६ कोरोना संक्रमित थपिएका छन् । मुलुकको विभिन्न ठाउँमा उल्लेखित संख्यामा थप कोरोना संक्रमिण पुष्टि…

रुपन्देही । भीम अस्पतालमा भर्ना भएका सबै कोरोना भाइरस (कोभिड–१९) संक्रमित डिस्चार्ज भएका छन् । सबै संक्रमितलाई अस्पतालले सोमबार डिस्चार्ज…

संक्रमणबाट बचाउनु जति आवश्यक छ उनीहरुलाई मानसिक स्वास्थ्यको हेरचाह गर्नु पनि त्यति नै जरुरी रहेको छ ।

मेष– भातृ सहयोग मिल्नेछ , नयाँ योजनाको काम बढ्नेछ । वृष– मिठो भोजनमा रमाइनेछ, वोलीले प्रभाव पारिनेछ । मिथुन– पारिवारिक…