राष्ट्रपति ट्रम्पलाई २० लाख डलर जरिवाना

काठमाडौं । अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जरिवाना सुनाएको छ । न्यूयोर्कका एक न्यायाधिशले ट्रम्पलाई आफ्नो च्यारिटी संस्थाको रकम अवैध रुपमा प्रयोग गरेको अभियोगमा २० लाख डलर जरिवानाको आदेश सुनाएका हुन् ।

सन् २०१६ को चुनावी अभियानमा डोनाल्ड जे फाउण्डेसनमार्फत खर्च गरिएको उक्त रकम गैरकानुनी भएको भन्दै ट्रम्प आफैंले भुक्तानी गर्नुपर्ने अदालतले फैसला गरेको छ । ट्रम्पले आफ्ना छोराहरुको नाममा सञ्चालन गरेको सामाजिक संस्थाबाट आफ्नो चुनावी अभियानका लागि रकम दुरुपयोग गरेको अदालतको फैसलामा उल्लेख छ ।

परोपकारी संस्थाको रकम राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नहुने न्यायाधीशहरुले तर्क गरेका छन् । उनीहरुले ट्रम्पले राजनीतिक अभियानलाई आर्थिक सहयोग गर्न कोषको दुरुपयोग गरेको बताएका हुन् ।

तर ट्रम्पले भने अदालतको उक्त आदेश राजनीतिक रुपले प्रेरित भएर आफूविरुद्ध निर्णय भएको प्रतिक्रिया दिएको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मकै मन नपर्ने दुनियाँमा को छ र के छ र ?

शनिबार मध्यान्ह काठमाडौंको पशुपति क्षेत्रमा सञ्चालिन क्वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको हो ।

अर्थमन्त्रीले सार्वजनिक गर्नुभएको राहतका प्याकेज पीडितसमक्ष पुर्याउन सरकार लागिपरेको छ ।

रूपन्देही। कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि…

भनिन्छ, काल बाजा बजाएर आउँदैन् तर अहिले काल बाजा बजाएरै आएको भन्दै धेरै डराइरहेका छन् भने कतिले आत्मबल दरिलो बनाउन…

काठमाडौं । प्रतिनिधिसभा सदस्य कर्मा  घलेले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारलाई १० हजार लिटर सेनिटाइजर सहयोग गर्नुभएको छ…