नगरपालिकामा कर्मचारी अभाव, ८ जनाको काम एक्लै

भगीरथ भण्डारी
इलाम । कार्यालयमा  कर्मचारीको अभाव यतिसम्म हुँदोरहेछ कि, कहिलेकाहीँ एकै जनाले आठ -आठ जनाको कामसमेत सम्हाल्नुपर्ने स्थिति आउँदाेरहेछ। ५ वडा सचिव र नगर कार्यपालिकाका तीनवटा फाँटको जिम्मेवारी एक्लैले पूरा गर्नुपर्ने बाध्यतामा छन्, माई नगरपालिकाका एक कर्मचारी केशवप्रसाद खनाल ।

कार्यपालिका र वडा कार्यालयको काममै खनालकोे दैनिकी बित्ने गरेको छ । बिहान उठेदेखि राती अबेरसम्म नै खनाल कार्यालयको काममा व्यस्त रहने गरेका छन् । ‘कहिलेकाँही त राती १ बजेसम्म पनि हामी कार्यालयमै बसेर काम गरिरहेका हुन्छौँ’, केशवसँगै कार्यालयको काममा खटिइरहने लेखा अधिकृत क्षेत्रनाथ शर्मा बताए ।

खनाल माई नगरपालिकामा खरिदार पदका स्थायी कर्मचारी हुन् । उनी अहिले नगर कार्यपालिकाभित्र योजना, जिन्सी र प्रशासन शाखाको सम्पूर्ण जिम्मेवारी सम्हालिरहेका छन् । शाखा अधिकृतको मातहतमा चल्नुपर्ने शाखाहरु भएपनि कर्मचारी नै नभएपछि उनको काँधमा जिम्मेवारी थपिएको हो । यो बाहेक उनले वडा नम्बर १, ३, ५, ९ र १० को वडासचिवको काम पनि गरिरहेका छन् ।

कहिलेकाँही वडा कार्यालयमै पुगेर सेवाग्राहीको काम गर्ने गरेका खनालले अधिकांश समय नगर कार्यपालिकाको कार्यालबाटै त्यस्तो सेवा दिइरहेका छन् । कार्यपालिकाभित्र तीनवटा फाँटको जिम्मेवारी भएका कारण उनले वडा कार्यालयमै पुगेर सेवा दिन भने कमै मात्र भ्याएका छन् । दुईवटा वडा कार्यालय त उनले देखेका पनि छैनन, तैपनि ती वडाका सेवाग्राहीको काम नगर कार्यपालिकामै बसेर भएपनि गरिरहेको उनको भनाई छ ।

खनाल भन्छन, ‘वडा कार्यालयमा गर्नुपर्ने कामका लागि आउने सेवाग्राहीलाई यहिँबाट पनि काम गरिदिने गरेको छु । धेरैजसो काम वडा कार्यालयमा रहेका कार्यालय सहयोगीले गरिदिएर पठाउनुहुन्छ । वहाँहरुबाट नभएका काम यहाँ म गरिदिन्छ ।’ १० वटा वडा कार्यालयमध्ये धेरैजसोमा वडा सचिवबाहेक कर्मचारीको रुपमा कार्यालय सहयोगी मात्र रहेको खनालको भनाई छ । उनीहरुबाटै सेवाग्राहीलाई धेरै सेवा प्रदान हुँदै आएको छ । वडा कार्यालयमा बैठक बस्दा र विशेष काम पर्दा मात्र आपूm पुग्ने गरेको बाध्यता खनालको छ । भन्छन्, ‘कामको ब्यस्तता छ । प्रशासनमा हाजिरी किताबदेखिका काम दिनहुँ हेर्नुपर्छ, योजना शाखामा नबसे योजनाको काम नै अवरुद्ध हुनसक्छ, जिन्सी शाखाको जिम्मेवारी पनि छ । ती सबै छाडेर वडातिर लाग्दा त नगरपालिका ठप्प जस्तै हुने भएकाले विशेष काममा मात्र वडा पुग्छु’ खनालले भने ।

खनाल १० र ५ का वडा कार्यालयमा अहिलेसम्म पुग्न नसकेको तर ब्यस्तताका बाबजुद पनि सेवाग्राहीलाई भने सेवा दिन अलमल नगरेको बताउँछन् । सेवाग्राहीको चाप धेरै नहुने, आर्थिक वर्षको पहिलो चौमासिक मात्र भएका कारण योजनाको काम पनि अति चापिलो नभएको जस्ता कारणले धेरैवटा जिम्मेवारी काँधमा आइपर्दा पनि अफ्ठ्यारो झेल्दै गरेको खनालको भनाई छ । जिम्मेवारीको बोझले व्यक्तिगत जीवनमा भने निकै असर पर्ने गरेको उहाँको गुनासो उहाँको छ ।

बिरामी पर्दा पनि कार्यालयमै बसेर काम गरिरहनु परेको, सामान्य औषधीको भर पर्नु परेको, परिवारलाई समय दिन नपाएको जस्ता समस्या बेहोनुपरेको खनाल बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘हाम्रा पनि घर परिवार छ । कार्यालय समयभन्दा अन्य बेला त हामीले उनीहरुलाई समय दिनुपर्ने हो । त्यस्तो केही हुन पाएको छैन ।’

यतिधेरै जिम्मेवारी सम्हाल्दै आएका यहाँका केशव खनाल सहितका कर्मचारीको कामको मूल्याङ्कन गर्ने माथिल्ला तहका कर्मचारी पनि नगरपालिकामा छैनन् । हाल नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र प्रशासकीय अधिकृत पनि छैनन् । लेखाअधिकृतको नेतृत्वमा कार्यालय सञ्चालन हुँदै आएको छ । ५० जना स्थायी कर्मचारीको दरबन्दी भएको नगरपालिकामा जम्माजम्मी ६ जना मात्र कर्मचारी स्थायी छन् । १० वटा वडा रहेको यो नगरपालिकामा करारसहित कार्यरत कर्मचारीको संख्या २५ छ जसमा ३ सवारी चालक र १० कार्यालय सहयोगी रहेका छन् ।

यतिबेला नगरपालिकामा लेखाअधिकृत क्षेत्रनाथ शर्मा, लेखापाल गोपालचन्द्र काफ्ले, सब इञ्जिनियर मनोज भण्डारी, खरिदार केशव खनाल, सहायक महिला विकास निरीक्षक शान्ति गड्तौला र असिस्टेण्ट सब इञ्जिनियर रमेश गिरी मात्र स्थायी दरबन्दीका कर्मचारी कार्यरत छन् । लेखाअधिकृत शर्माले निमित्त प्रमुख प्रशासकीय अधिकृत र प्रशासकीय अधिकृतको, सब इञ्जिनियर भण्डारीले पाँचवटा वडाको प्राविधिकसहित वडा नम्बर २ को वडा सचिव र शान्ति गड्तौलाले वडा नम्बर ४ को वडा सचिव र सब इञ्जिनियर गिरीले वडा नम्बर ६, ७ र ८ को वडा सचिवको जिम्मेवारी पनि सम्हालिरहेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सेवाग्राहीको मोही नामसारी गराउनका लागि ६ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।

६/६ महिना थप गरेर ६० वर्ष पुर्याउने निर्णय गर्नुपरेको उपसचिव दाहलको भनाइ छ ।

ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका –४ की ६० वर्षीया कृष्णादेवी परियार र ५९ वर्षीया यगी थापा रहेका छन् ।

फेवातालमा जलबिहार सकिएपछि राष्ट्रपति हमिदको सम्मानमा गण्डकी प्रदेश सरकारले फिस्टेल होटलमा दिवाभोजको आयोजना गरेको थियो ।

चन्द्रा धामीको समयमै अस्पताल पुर्याउन सकिएको भए ज्यान बच्ने स्वास्थ्यकर्मीको भनाइ थियो ।

संशोधन प्रस्तावमा ‘२५ हजारदेखि १० लाखसम्म जरिवाना भराउन सक्ने’ भन्ने शब्दको सट्टा ‘मध्यस्थता गरी मेलमिलाप गराइदिने’ लेख्नुपर्ने उल्लेख छ ।