नेपालमा पहिलोपल्ट गोताखोर तालिम

कास्की ।  नेपालमा पहिलोपल्ट गोताखोर तालिम सञ्चालन गरिएको छ । युएनडिपीको सहयोगमा सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी पकली इटहरीले  तालिम प्रदान गरेको हो ।

बङ्गलादेशमा सन् २०११ तालिमम लिएका २५ मध्ये अहिले १९ जनाबाट सशस्त्र प्रहरी जवानदेखि सशस्त्र प्रहरी सहायक निरीक्षकसम्मका थप १९ जनालाई तालिम सञ्चालन गरिएको सशस्त्र प्रहरी नायव निरीक्षक वीरेन्द्र खनालले बताउनुभयो ।

तत्कालीन समयमा एक व्यक्तिलाई करीब १२ लाख रुपेयनन् लगानी गरेर युएनडिपीले बङ्गलादेशमा सशस्त्र प्रहरीलाई तालिमको अवसर प्रदान गरेको थियो । हालसम्म तिनै तालिम प्राप्त गोताखोरबाट उद्धारकार्य हुँदै आए पनि पर्याप्त नभएपछि गोताखोर तालीम सञ्चालन गरिएको उहाँले बताउनुभयो । ‘यो तालीम निकै खर्चिलो र जोखिमपूर्ण छ, नौ वर्षपछि बल्ल हामीले यो तालीम सञ्चालन गर्न सफल भएका छौं ।’
दुई वर्षसम्म त उपकरणका लागि मात्रै कुर्नुपरेको उहाँको भनाइ छ । ‘२०१३ मा बल्ल उपकरण आइपुगेपछि हामीले ३५ दिनेको प्याकेज बनाएर तालीम शुरु गरेका हौं’, उहाँले भन्नुभयो । पानीको गहिराइमा गएर उद्धार गरिने सो कार्य निकै जोखिमपूर्ण मानिन्छ । हाल सप्तकोशी र फेवातालमा गोताखोर तालिम दिइएको हो । नेपालमा धेरै दुर्घटना भइ अधिकांश बस नदीमा खस्ने गरेकाले तालीमप्राप्त गोताखोर आवश्यकता बढिरहेको छ ।

यस्ता संवेदनशील कुराप्रति नेपाल सरकारले चासो दिनुपर्ने प्रशिक्षक दिल्ली भट्टराई बताउनुभयो । ‘तालिम खर्चिलो पनि छ, यसका उपकरण निकै महङ्गा हुन्छन्’ उहाँले भन्नुभयो, ‘उत्तिकै जोखिमपूर्ण पनि हुन्छन्, दक्ष जनशत्ति टिकाइराख्न राज्यले विशेष व्यवस्था गर्नुपर्छ ।’ नयाँ प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान दीर्घनारायण पौडेलले तालीमप्राप्त गरेपछि अब पानीमुनि उद्धारमा जानसक्ने बताउनुभयो ।

‘शुरुमा त निकै गाह्रो र डर लाग्यो तालीम लिँदै गएपछि आत्मविश्वास बढ्दै गयो, अहिले ढुक्कसँग गर्न सक्छु’, अर्का प्रशिक्षार्थी सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश थापाले भन्नुभयो, ‘अब ६५ फिट तल पनि अक्सिजन सेटअप बक्सका साथ उद्धारामा जान सक्छु ।’ थोरै सङ्ख्यामा तालिम लिएकालाई टिकाइराख्न सरकारले चासो नदिने र तालीम पाएकाले अर्को अवसर पाउँदा छाडिहाल्ने समस्या रहेको उहाँको भनाइ छ ।

सातै प्रदेशमा तालीमप्राप्त गोताखोर राख्ने योजनाअनुरुप तालीम प्रदान गरिएको बताइएको छ । फेवातालमा तालिम लिन आएका २८ जनाको टोली थप प्रशिक्षणका लागि पकली फर्किएको छ । हाल चितवनको कुरीनटार तालीम केन्द्र, काठमाडौँ र पोखरामा १५ जना तालिमप्राप्त गोताखोर कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– पैसाको अभाव रहनेछ । स्वास्थ्यमा समस्या देखिन्छ । वृष– यात्रामा समस्या आउनेछ । अधुरा काम रहनेछन् । मिथुन– राजनीतिमा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । अनुहार गोरो पार्न घस्ने गरिएको ‘फेयर एण्ड लब्ली’मा हानिकारक वस्तु भेटिएको छ । फेयर एण्ड लब्ली’मा हानिकारक रसायन…

सप्तरी । प्रहरीको टोलीले ठूलो परिमाणमा अवैध सुनसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरी ले शहीद चोकबाट १९…

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्नुभएको छ । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले…