चाँगुनारायणमा एकादशी मेला (फोटोफिचर)

नारायण थापा
भक्तपुर । कार्तिक शुक्ल एकादशीका दिन शुक्रबार भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशीको अवसरमा मेला लागेको छ ।

विष्णुका अवतार मानिने चार नारायण मध्ये चाँगुनारायण मन्दिर विश्व सम्पदा सूचिमा सुचिकृत प्राचिन र ऐतिहासिक मन्दिर हो।

चाँगुनारायणलाई गरुड नारायणका नामले पनि चिनिन्छ । हरिबोधिनी एकादशीमा विष्णुका भक्तले चाँगुनारायणको पूजा गर्ने भएकाले यहाँ विशेष मेला लाग्ने गर्दछ ।

हरिबोधनी एकादशीमा चाँगुनारायण मन्दिरमा विषेश मेला तथा पूजा हुने भएकाले चाँगुनारायण नगरपालिकाले शुक्रबार नगर क्षेत्रभित्र सार्वजनिक विदा समेत दिएको छ ।

तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालो वा उखुकोको लिङ्गो गाडेर विधिपूर्वक पूजा समेत गरिएको छ । आजको दिन तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।

कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवं सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग शास्त्रमा वर्णन गरिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विद्यानन्द राम सप्तरी । प्रधानाध्यापकले आर्थिक अनियमितता गरेको भन्दै विष्णुपुर गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालय खुरहुरियाका अभिभावकहरुले अनिश्चितकालिन रिले अनशन…

कौरब खत्री गुल्मी । ‘अपांगता पूर्वजन्मको पाप हो र अपांगता भएका व्यक्तिले समाजमा केही योगदान पुर्याउन सक्दैनन्’ भन्ने गलत धारणा…

काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई जनचाहनाअनुसार काम गर्न दिनुभएको निर्देशनलाई प्राथमिकताका साथ…

जनता टेलिभिजनमा आज

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भूसालले कृषिक्षेत्रमा रहेको समस्यालाई समाधान गर्दै आधुनिक कृषि प्रणालीको विकास गरिने बताउनु…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराउनु भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले पद तथा…