तपाईंको यो साता (कात्तिक २४ देखि ३० गतेसम्मको राशिफल)

मेष – पारीवारिक रमाइलोमा खर्च हुनेछ । नयाँ ठाउँको भेटघाटमा रमाइलो हुनेछ । साताको मध्यमा कार्यमा बाधा, स्वास्थ्यमा बाधा एवं मानसिक समस्या बढ्नेछ । साताको अन्त्यमा विदेशबाट फाईदा, अधुरा काम बन्ने एवं धार्मिक कार्यमा खर्च हुनेछ ।

वृष – लगानीमा आम्दानीको स्तर बढ्नेछ । स्वास्थ्यमा सुधार हुने एवं विरोधी तह लाग्नेछन् । साताको मध्यमा साझेदारीबाट फाइदा, प्रेममा प्रगति एवं व्यावसायिक यात्रा हुनेछ । अन्त्यमा भने काममा ढिलासुस्ती, सम्मानमा आघात एवं मित्रजनबाट असहयोग मिल्नेछ ।

मिथुन – विद्या एवं सांगीतिक काममा सफलता पाइनेछ । बुद्धिले साथ दिनेछ । सन्तानबाट खुशीयाली बढ्नुका साथै आम्दानीको स्तर वृद्धि हुनेछ । मध्यमा स्वास्थ्यमा सुधार मित्रजनबाट सहयोग एवं विरोधीहरु पर हट्नेछन् । अन्त्यमा भने ससुराल पक्षबाट फाइदा, वैवाहिक काममा व्यस्तता एवं भोजभतेरमा सहभागी भइनेछ ।

कर्कट– चिसोको कारणले स्वास्थ्यमा प्रतिकुलता आउनेछ । घरायसी वादविवाद बढ्नेछ । मध्यमा भने बौद्धिक काममा रुचि, सन्तानबाट
सहयोग एवं व्यापारमा फाइदा हुनेछ । साताको अन्त्यमा खर्च बढ्ने, चोटपटकको सम्भावना एवं शारिरीक अस्वस्थता रहनेछ ।

सिंह– जिम्मेवारी थपिनाले दौडधुप बढी हुनेछ । सामाजिक काममा व्यस्त भइनेछ । उत्साह बढ्ने एवम दाजुभाइबाट सहयोग पाइनेछ । साताको मध्यमा भने अनावश्यक कलह, महिलापक्षसँग वैमनस्यता हुनेछ । अन्त्यमा भने अध्ययनमा रुचि, व्यापारमा फाइदा एवं सन्तानको प्रगति देखिनेछ ।

कन्या– बोलीको प्रभावले काममा प्रगति मिल्नेछ । धनको वृद्धि एवं आफन्तको सहयोगले अधुराकाम पूरा हुनेछ । सन्तानको सहयोगले काम बन्नेछ । उत्साहमा वृद्धि एवम छोटो यात्रा हुनेछ । भाग्यले साथदिने एवं नयाँ मित्रसँग भेटघाट हुनेछ । सुखसयलमा मन जाने र बढी खर्च हुनेछ । अन्त्यमा भने स्वास्थ्यमा समस्या एवं नमिठो खबर आउन सक्नेछ ।

तुला– वैदेशिक यात्राको योग बन्नेछ । नयाँ कामको थालनी हुनेछ । आफ्नो पहिचान बन्नेछ । धन सम्पतिको कारोबार बढ्ने एवं इष्टमित्रबाट भरपुर सहयोग मिल्नेछ । साताको अन्त्यमा भने यात्रा हुने, साथीभाईबाट सहयोग एवम दाजुभाइमा मेलमिलाप भएर आपसी झमेला टुंगिनेछ ।

वृश्चिक– व्यक्तिगत खर्च धान्न मुस्किल हुनेछ । पैसाको अभावले काममा बाधा पुग्नेछ । सरसामान हराउन सक्ने एवं अनावश्यक घाटा बेहोर्नुपर्नेछ । मध्यमा भने राजनीतिबाट फाइदा एवं ठूलाबडासँग कारोबार हुनेछ । साताको अन्त्यमा भने हिँडडुलमा व्यस्तता एवं काममा प्रगति देखिनेछ ।

धनु – व्यापारमा आम्दानी राम्रो हुनेछ । जग्गा जमिनको काममा फाइदा मिल्नेछ । नयाँ सरसामान घरमा भित्रिनेछ । साताको मध्यमा खर्च बढ्ने एवं नोक्सानीको भय रहनेछ । मनमा अशान्ति बढ्ने एवं स्वास्थ्यमा प्रतिकुलता देखिन्छ । अन्त्यमा भने रोजगारीको अवसर एवं कामबाट फाइदा मिल्नेछ ।

मकर – राजनीतिक फाइदा मिल्नेछ । रोजगारीमा अवसर पाइनेछ । आम्दानी बढ्ने व्यापारमा फाइदा एवं धनको कारोबारमा सफलता
मिल्नेछ । साताको अन्त्यमा भने काममा तनाव आउने एवम अनावश्यक लाञ्छना लाग्नेछ । स्वास्थ्यको लागि खर्च एवं अनावश्यक तनाव बढ्नाले काममा बाधा हुनेछ ।

कुम्भ – सामाजिक पहिचान एवं साथीभाइको साथ दिनेछ । वैदेशिक काममा फाइदा मिल्नेछ । धर्ममा रुचि बढ्ने एवं सामाजिक काममा
अवसर पाइनेछ । मध्यमा भने रोजगारीमा फाइदा एवं जिम्मेवारी थपिनेछ । साताको अन्त्यमा राम्रो आम्दानी हुने एवं धनको कारोबारबाट सन्तुष्टि मिल्नेछ । अचानक फाइदाको लाभ मिल्नेछ ।

मीन – बोलीको कारणले झगडा एवं विवादले गर्दा तनाव हुनेछ । स्वास्थ्यमा अचानक बाधा एवं यात्रामा ढिलासुस्ती हुनेछ । साताको मध्यमा भने व्यापारमा फाइदा, साझेदारीमा लाभ एवं दाम्पत्य प्रेममा प्रगति हुनेछ । अचानक यात्रा हुने एवं पुराना काम बन्नेछन् । विरोध गर्नेले सहयोग देखाउनेछन् । स्वास्थ्यमा सुधार एवं राम्रो काममा खर्च भने बढ्नेछ ।

 ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विद्यालयमा गोली चलाउनुका कारण भने अझै थाहा हुन सकेको छैन ।

ट्याक्टरमा च्यापिएको अवस्थामा रहेका चालकको शव प्रहरी र स्थानीय मिलेर बाहिर निकालेका थिए ।

नेता नेपालले घरदैलोका क्रममा देशलाई समृद्ध बनाउन नेकपाका उम्मेदवारले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

नेपाल बसाइको क्रममा उहाँले भक्तपुर दरबार स्क्वायर, पोखराको फेवाताल, बेगनाशताल लगायतका पर्यटकिय स्थलहरुको भ्रमण गर्नुभयो ।

मित्रतामा खटपट हुनेछ । पारिवारिक द्वन्द बढ्नेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…