सिन्धुलीगढीमा राष्ट्रिय युद्ध संग्रहालय निमार्ण हुँदै

बलवीर भुजेल

सिन्धुली । नेपाली वीरताको जिउँदो इतिहास वर्तमान नेपालको प्रेरणदायी भूमिको रुपमा रहेको सिन्धुलीगढीमा युद्ध संग्रहालय निर्माण गरिने भएको छ । सिन्धुलीगढी युद्ध संग्रहालयकोे  शिलान्यास उपप्रधान तथा रक्षामन्त्रीले ईश्वर पोखरेलले गर्ने कार्यक्रम रहेको छ ।

कार्तिक २४ गते सिन्धुलीगढीको २५२औँ विजय उत्सवको अवसरमा युद्ध संग्रहालयको शिलान्यास गरिने छ । अत्याधुनिक हातहतियारसहित नेपाल आक्रमण गर्नका लागि आएका इस्ट इण्डिया कम्पनीको अंग्रेज सेनालाई गुलेली, खुकुरी, सिस्नो, अल्लो र अरिङ्गालको सहायताले पराजित पारेको सिन्धुलीगढी किल्लाको रुपमा रहेको सिन्धुलीगढीमा नेपाली सेनाले राष्ट्रियस्तरको युद्ध संग्रहालय निर्माण गर्ने भएको हो ।

नेपाली सेनाले युद्ध संग्रहालय निर्माणका लागि गढी पुनः निर्माण तथा संरक्षण कोषबाट ४ करोड ५० लाख बजेट विनियोजन गरेको बर्दबहादुर गणका गणपति राजीब थापाले जानकारी दिनुभएको छ । तत्कालीन माओवादीले २०५२ सालमा जनयुद्धको थालनी गर्दा पहिलोपटक आक्रमण गरेको प्रहरी चौकीसमेत सिन्धुलीगढीमा नै रहेको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।

बिहान १० बजे शुरु भएको विद्यार्थी आन्दोलन नियन्त्रणमा नआएपछि अपरान्ह ३ बजेदेखि कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जिल्ला…

मीन- आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

भारत । राजधानी नयाँदिल्लीमा भएको भीषण आगलागीमा परी ४३ जनाको मृत्यु भएको छ । एउटा कारखानामा भएको आगलागीमा कयौं घाइते…