मकवानपुरको विभिन्न स्थानमा एकादशी मेला (फाेटाेफिचर)

पुष्पराज अधिकारी
मकवानपुर । भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी मकवानपुरको तीन स्थानमा भव्य मेला लागेको छ ।

मकवानपुरको भिमफेदी गाउँपालिका–१ स्थित त्रिखण्डि मन्दिर, मकवानपुर गढी गाउँपालिकामा रहेको गढी दरबार र थाहा नगरपालिका–४ स्थित ऋषेश्वर मन्दिरमा एकादशीको विशेष मेला लागेको छ । यी स्थानमा हरेक वर्षको एकादशीका दिनमा मेला लाग्ने गरेको छ ।

मेलाका अवसरमा आज बिहानैबाट ऋषेश्वर मन्दिर, त्रिखण्डि मन्दिर र मकवानपुर गढीमा भक्तजनहरुको घुइँचो लागेको छ । गढीदरबारभित्र वंशगोपालको मन्दिर रहेको छ । मकवानपुरगढी गाउँपालिकाको आमभञ्ज्याङ, सुकौरा, बुढीचौर, हेटौंडाको हटिया हर्नामाडी, बकैयाको ठिङगन लगायत मकवानपुरको विभिन्न स्थानबाट मेलामा आउने गरेको मकवानपुरगढी–२ का अध्यक्ष बखानसिं पाख्रिनले बताउनुभयो ।

यस्तै त्रिभुवन राजपथको हेटौँडा–काठमाडौं छोटो दुरीको सडक खण्डमा त्रिखण्डि मन्दिर पर्ने भएकाले प्रहरीको टोली खटाएर सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटना प्रभावित क्षेत्र र साना गाडी धेरै गुड्ने भएकाले क्षमता भन्दा बढी यात्रु बोक्ने यातायातको साधन चेकजाँच गरी सुरक्षा कडा गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताउनुभयो ।

यसैगरी थाहा नगरपालिका–४ स्थित ऋषेश्वर मन्दिरमा पूजा गर्न आउने तिर्थालु र मेला/जात्रा हेर्न आउने मानिसहरुको व्यवस्थापन र सुरक्षाका लागि इलाका प्रहरी कार्यालय पालुङबाट खटिएका प्रहरी तथा ऋषेश्वर सामुदायिक वन उपभोक्ता समिति परिचालनमा रहेको स्थानीय सञ्चारकर्मी सुरजकुमार भुजेलले जानकारी दिनुभयो ।

हरिशयनी एकादशीका दिन घर घरमा तुलसीको मठनजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

भातृ सुख मिल्नेछ । व्यापारमा प्रगति थपिनेछ ।

  बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः००…

देशका विभिन्न भूभागमा पूर्खाहरुले जोडेका त्यस्ता अनुपम ऐतिहासिक धरोहरहरु पछिल्लो पूस्ताले सम्हाल्न सकिरहेको देखिँदैन ।

मनाङ । ङिस्याङ गाउँपालिका हुम्डेबाट देखिएको अन्नपूर्ण तेस्रो हिमालको मनोरम दृश्य । यस स्थानमा हिमाल आरोहण गर्ने पर्यटकका लागि लागि…

पर्याप्त साधन, स्रोत र स्पष्ट म्यान्डेट दिएर सीमा रक्षाका लागि सरकारले लिम्पियाधुरा लगायत जुनसुकै कुनामा पठाए पनि सशस्त्र प्रहरी जान…

जब जब भारतले नेपाली भू–भाग अतिक्रमण गरेको प्रकरण सतहमा आँउछ तब तब नेपालीहरुले राष्ट्रकवि माधवप्रसाद घिमिरेले रचना गरेको यो कालजेयी…