पूर्वाञ्चल गोल्डकपमा त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश

झापा । अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।

पाहुना टोली भारतको एफसीमाथि टाइब्रेकरबाट कठिन जित निकाल्दै आर्मीले फाइनल यात्रा तय गरेको हो ।

पहिलो हाफ गोलरहित खेलेको दुवै टोलीले फाइनल यात्रा प्रवेशका लागि टाइब्रेकर रोजेका थिए । आर्मीले टाइब्रेकरमा ४–३ गोल अन्तरले सिक्किमलाई हराएको हो । टाइब्रेकरमा सिक्किमका विरेन प्रधान, मनोज काच्वा र करण राईले मात्र गोल गरेका थिए भने एन्थोनी क्षेत्रीको प्रहार आर्मीका गोलरक्षक विवश चौधरीले रोकेका थिए । विकास क्षेत्रीको प्रहार भने बारमा लाग्दै फर्किएको थियो ।

आर्मीका लागि दीपक गुरुङ, विकास तामाङ, राजीव गुरुङ र विवेक बस्नेतले गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– अध्ययनमा मन जानेछ । सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । वृष– मानसिक अशान्ति बढ्नेछ । घरायसी…

काठमाडौं । बन्दाबन्दी  (लकडाउन्) खुकुलो भएसँगै मुलुकभर कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले भोलि (बिहीबार) देखि जोरविजोर नम्बरका आधारमा यातायातका…

यसमा शब्द हर्क साउद, संगीत सुजन चापागार्ईं, स्वर सुजन चापागार्ईं अनि विद्या तिवारीको रहेको छ ।

चितवन प्रहरीले जिल्लामा हुने सवारी साधन दुर्घटना न्यूनीकरणका लागि रात्रिकालीन सवारी जाँचलाई तीव्र पारेको छ ।

बैठकमा दुई पार्टीको एकता पछिको संगठन समायोजन र पदाधिकारीको कार्यविभाजनका सम्बन्धमा पनि छलफल हुने छ ।

तनहुँ । व्यास नगरपालिकामा घरमा नेट जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  करेन्ट लागेर नगरपालिकाकाे वडा…