‘सीमा सुरक्षामा सरकार गम्भीर भएन’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतले नेपाली भूमि समावेश गरेको नक्सा सार्वजनिक गर्दा पनि सरकार गम्भीर नभएको आरोप लगाएको छ ।

कांग्रेस नेता एनपी साउदले नेपालको सीमा भारतले अतिक्रमण गरेको अवस्थामा पनि प्रधानमन्त्री केपी शर्मा ओली मौन बसेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले नेपाली भूमि समावेश गरिएको भारतीय नक्साको विरोधमा परराष्ट्र मन्त्रालयका अधिकारीले निकालेको विज्ञप्तिमा हस्ताक्षर गर्नेको नाम समेत नलेखिएबाट सरकार दुई मुलुकबीचको सीमा समस्या समाधान गर्न गम्भीर नदेखिएको आरोप लगाउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर राणाले भारतसँग भएको सीमासम्बन्धी सबै समस्या समाधानका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । विगतका सरकारहरुले सीमा समस्या समाधानका लागि पहल गर्न नसकेको भन्दै उहाँले वर्तमान सरकारले आफ्नो योग्यता र क्षमता प्रदर्शन गर्नुपर्ने आवश्यक्ता औल्याउनुभयो ।

अध्यक्ष राणाले वर्षौदेखि भारतसँग थाँती रहेका नेपालको सीमा सम्बन्धी समस्या समाधान गर्न आफ्नो पार्टीले सरकारलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।

बिहान १० बजे शुरु भएको विद्यार्थी आन्दोलन नियन्त्रणमा नआएपछि अपरान्ह ३ बजेदेखि कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जिल्ला…

मीन- आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

भारत । राजधानी नयाँदिल्लीमा भएको भीषण आगलागीमा परी ४३ जनाको मृत्यु भएको छ । एउटा कारखानामा भएको आगलागीमा कयौं घाइते…