प्रधानमन्त्रीद्वारा लिपुलेकमा समाधान खोज्न सर्वपक्षीय बैठक आह्वान

काठमाडौं । लिपुलेक विवादबारे समाधानको उपाय खोज्न पूर्वप्रधानमन्त्री र विभिन्न दलका शीर्ष नेतासहित सर्वपक्षीय परामर्श बैठक हुने भएको छ ।
प्रधानमन्त्री केपी ओलीले लिपुलेक विवादबारे छलफल गर्न शनिबार सर्वपक्षीय परामर्श बैठक बोलाउनुभएको छ । बैठक शनिबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालाुवाटारमा हुने प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जनता समाचारलाई जानकारी दिनुभयो । लिपुलेक विवादबारे समाधानको उपाय खोज्न प्रधानमन्त्रीले सर्वपक्षीय परामर्श बैठक ढाक्नु भएको उहाँले बताउनुभयो ।
नेपालको भूभाग लिपुलेकलाई भारतले आफ्नो नक्शामा पारेपछि विवाद उत्पन्न भएको छ । लिपुलेक विवादबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा( प्रमुख विपक्षी नेपाली कांग्रेस लगायतका दलले साझा धारणा बनाएर र भारतसँग कूटनीतिक सम्वाद गरी सीमा समस्या सुल्झाउन आग्रह गर्दै आएका छन् ।