लिपुलेक विवादबारे प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक विवादबारे छलफलका लागि सर्वपक्षीय बैठक बोलाउनुभएको छ । नेपाली भूभाग कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायत भारतले आफ्नो नक्सामा राखेर नयाँ नक्सा सार्वजनिक गरेपछि सरकारले एकपक्षीय नक्सा मान्य नहुने प्रष्ट पारेको छ ।

नेपाल सरकारको प्रष्टिकरणपछि भारतले आफ्नो नक्सामा नेपालको भूभाग नपारिएको र बिगतकै नक्सा रहेको बताएको छ । तर नेपालमा नेपाली भूभाग मिचिएको भन्दै जनस्तरबाट विरोध बढ्न थालेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख विपक्षी नेपाली कांग्रेससहितका पार्टीहरुले साझा धारणा बनाउन र तत्काल भारतसँग कूटनीतिक सम्वाद गरी सीमा समस्या सुल्झाउन सरकारलाई सचेत गराएका छन्।

मिचिएको भनिएको भूभागबारे साझा धारणा बनाउन सर्वदलीय र विज्ञसँगको परामर्शका लागि प्रधानमन्त्रीले बैठक बोलाउनुभएको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्रीले आज (शनिबार) सर्वपक्षीय परामर्श बैठक बोलाउनुभएको हो ।

अपरान्ह ४ बजे बालुवाटारमा बस्ने बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरु र राजनीतिक दलका प्रतिनिधिहरु सहभागी हुने बताइएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विद्यालयमा गोली चलाउनुका कारण भने अझै थाहा हुन सकेको छैन ।

ट्याक्टरमा च्यापिएको अवस्थामा रहेका चालकको शव प्रहरी र स्थानीय मिलेर बाहिर निकालेका थिए ।

नेता नेपालले घरदैलोका क्रममा देशलाई समृद्ध बनाउन नेकपाका उम्मेदवारले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

नेपाल बसाइको क्रममा उहाँले भक्तपुर दरबार स्क्वायर, पोखराको फेवाताल, बेगनाशताल लगायतका पर्यटकिय स्थलहरुको भ्रमण गर्नुभयो ।

मित्रतामा खटपट हुनेछ । पारिवारिक द्वन्द बढ्नेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…